logo
२०८१ बैशाख ६ बिहीवार



आगजनी भएको गाउँपालिकामा डेटोनेटर ! सेनाद्वारा प्रेसर कुकुर बम निस्क्रिय

पढ्नै पर्ने |
खुला |


आगजनी भएको गाउँपालिकामा डेटोनेटर ! सेनाद्वारा प्रेसर कुकुर बम निस्क्रिय


गोकर्ण दयाल

बैतडी, माघ ८ गते । अज्ञात समूहले बुधबार बिहान बैतडीको डिलासैनी गाउँपालिकामा आगजनी गरेको ठाउँमा डेटोनेर र बाल्टीन बम आक्रमण गरिएको पाईएको छ । आगजनीमा परेर गाउँपालिकाले भाडामा लिएको स्काभेटर र गाडीमा समेत क्षति पुगेको छ ।

गाउँपालिका नजिकै रहेको नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालको घरमा राखेको प्रेसर कुकुर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । सेनाले निस्क्रिय पारको प्रेसर कुकर भित्र बारुद र ग्याभिन जालीको तारका टुक्रा रहेका छन् ।

अज्ञात समूहले डिलासैनी गाउँपालिका–३, पंशेरामा रहेको गाउँपालिका सम्पर्क कार्यालयमा आगजनी गर्नुका साथै नजिकै रहेको नेकपा बैतडीका पार्टी अध्यक्ष सुरेन्द्र पालको घरको कम्पाउण्डमा प्रेसर कुकर बम फेला परेको थियो । गाउँपालिकाले भाडामा लिएको स्काभेटर र गाडी नेकपा अध्यक्षको घरको कम्पाउण्डमा राखिएको थियो ।

गाउँपालिकाको प्रशासनिक कक्षमा भएको आगजनीबाट सम्पूर्ण काजगपत्र जलेर नष्ट भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले बताउनुभयो ।

बोहराले भन्नुभयो–“ गाउँपालिकामा डेटोनेटर र बाल्टिन बम आक्रमण गरेर आगजनी भएको देखिन्छ । आजनीले सम्पूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । घटनापछि गाउँपालिकाको कामकाज प्रभावित बनेको छ । ”

बुधबार बिहान उठ्ने बेला घरको कम्पाण्डमा राखेको गाडी र स्काभेटर जलिरहेको नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । गोरखापत्रसित कुरा गद अध्यक्ष पालले केही समयदेखि गाउँपालिकाको केन्द्रको बारेमा विवाद थियो, केही व्यक्तिले गाउँपालिकाबिरुद्ध गतिविधि गर्दै आईरहेकोले ती व्यक्ति घटनामा संलग्न रहेको हुनसक्ने बताउनुभयो ।

घटना बारे थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेको र शंकास्पद वस्तु निस्क्रिय पारेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?