logo
२०८१ बैशाख १३ बिहीवार



तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्

मुख्य समाचार |


तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्


भउचप्रसाद यादव

काठमाडौँ, माघ १ गते । अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा सबै नेपालीको पहुँच पुग्ने भएको छ । आउने तीन वर्षभित्र राष्ट्रिय ग्रिड सबै नेपालीसम्म पु¥याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले ग्रामीण विद्युतीकरणको कामलाई तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।
प्राधिकरणका वितरण तथा व्यापार विभाग प्रमुख प्रबल अधिकारीले अबको तीन वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् सुविधाका लागि प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य लिएर प्राधिकरणले कामलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
अहिले प्राधिकरणको राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘अबको तीन वर्षभित्र हरेक नेपालीको घरसम्म प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याइसक्ने छौँ ।’’ राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु¥याउने लक्ष्य प्राधिकरणको रहेको उहाँले बताउनुभयो ।

यसै वर्ष जुम्लामा राष्ट्रिय ग्रिड
प्राधिकरणका प्रवक्ता अधिकारीले चालू आर्थिक वर्षभित्र नै रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यसैगरी अबको तीन वर्षभित्र डोल्पा र हुम्ला जिल्लालाई राष्ट्रिय ग्रिडसँग जोड्ने लक्ष्य छ ।
सबै नेपालीको घरधुरीसम्म राष्ट्रिय ग्रिडको पहुँच पुगेसँग एकातिर उत्पादन भएका बिजुली खेर जाने र अर्कोतिर करिब २० प्रतिशत नेपाली जनतासम्म राष्ट्रिय प्रसारण नपुग्ने अवस्थाको अन्त्य हुने उहाँले स्पष्ट पार्नुभयो ।

विद्युत् खपत वार्षिक २४५ युनिट
राष्ट्रिय ग्रिडमा सबै नेपालीको पहुँचसँगै प्रतिव्यक्ति विद्युत् खपतको अनुपातसमेत बढ्ने बताउँदै उहाँले सन् २०२३ सम्म प्रत्येक नेपालीको वार्षिक विद्युत् खपत सात सय र सन् २०२८ सम्म पन्ध्र सय युनिट पु¥याउने लक्ष्य प्राधिकरणको रहेको जानकारी दिनुभयो ।
अहिले प्रतिव्यक्ति कम विद्युत् खपत गर्ने मुलुकमध्ये नेपाल पनि एक रहेको छ । अहिले प्रत्येक नेपालीले वार्षिक करिब २४५ युनिट विद्युत् खपत गर्ने गर्दछन् ।
भान्सामा विद्युत्को प्रयोग अनिवार्य गर्नेलगायतका नीति अवलम्बन गरी नेपालको बिजुली मुलुकभित्रै खपत गर्ने नीति अनुरूप अहिले प्राधिकरणले काम
गरिरहेको बताउँनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?