logo
२०७६ माघ ९ बिहीवार

विकास सहायतासँग बन्दुक जोडिएर आउँदैनः परराष्ट्रमन्त्री   

मुख्य समाचार |


2020-01-14-7095


गुल्मी, पुस २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ । दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।    
 मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताउनुभयो । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवद्र्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?