logo
२०८१ बैशाख ६ बिहीवार



पुल नबन्दा सास्ती

मुख्य समाचार |


पुल नबन्दा सास्ती


प्रेमराज सिम्खडा

कालीकोट, पुस २९ गते । कालीकोटको जितेबजार कर्णाली नदीमा पुल नभएका कारणले प्रदेश ख र बाजुरा, मुगु र हुम्लाका नागरिकलाई समस्या भएको छ । सर्भे भएर पुलको ठेक्का भएको आठ वर्ष पुगिसक्दा पनि अझै पुल नबन्दा कर्णाली करिडोरमा यात्रा गर्नेलाई निकै समस्या हुने गरेको छ ।
यात्रु त जसोतसो झोलुङ्गे पुलको प्रयोग गरेर लालीघाटबाट फेरि अरू यातायातका साधन प्रयोग गरी यात्रा गर्छन् तर गाउँमा सडक खन्नका लागि लिइने स्काभेटरले कर्णाली नदी पार गर्नका लागि ठूलो जोखिम मोल्नु परेको छ । स्थानीय सरकारको गठनसँगै गाउँमा सडक विस्तारले तीव्रता पाएको छ ।
जिल्लाको रास्कोट नगरपालिकाले सबैभन्दा पहिला सडक निर्माणको कामलाई प्राथमिकता दियो । भाडामा चलाउने स्काभेटरले भन्दा आफ्नै स्काभेटरले विकास गर्न सस्तो हुने भन्दै आफ्नै स्काभेटर खरिद ग¥यो । कर्णाली नदीमा पुल नभएका कारण स्काभेटर नदीबाटै बाटो बनाउँदै तीन दिनपछि मात्र पार ग¥यो ।
स्काभेटरले नदीभित्रको गिट्टी बालुवा थुर्पादै बाटो बनाएर नदी पार गरेको रास्कोटका पद्म खड्काले बताउनुभयो । उहाँले स्काभेटर नदीबाट तार्नका लागि नगरपालिकाले आफूलाई खटाएको सुनाउँदै नदीको बीच भागमा आउँदा त सारै डर लागेको र तेस्रो दिन मात्रै पार गरेको जानकारी दिनुभयो । उहाँले यस्तै गरेर धेरै स्काभेटर कर्णाली नदीको बाटो भएर गाउँमा सडक खन्न पुगेको बताउनुभयो ।
पलाँता गाउँपालिकाले दुईवटा स्काभेटर, पचालझरना गाउँपालिकाले दुईवटा, सान्नीत्रिवेणीले एउटा स्काभेटर र एउटा भाडाको स्काभेटर, बाजुरामा सडक खन्ने स्काभेटर सबै नदीकै बाटो भएर लगिएको थियो । पुल नभएका कारणले जोखिम उठाएर स्काभेटर नदीमार्फत तार्दाको दिन सम्झिँदै निर्माण व्यवसायी मानव बमले पुल नहुँदा भाडामा ल्याएको स्काभेटर नदीमा बग्यो भने बीमा कम्पनीमा बीमा दाबी नपाइने भएकाले भगवान् भरोशामा तार्नुपर्ने दुखेसो सुनाउनुभयो ।
कर्णालीबाटै दर्जनभन्दा बढी स्काभेटर वारपार गरिएका छन् तर कर्णाली नदीमा एउटा स्काभेटर पनि सङ्कटमा नपरे पनि केही दिन अगाडि बाजुराको कोल्टीमा सडक खनेर फर्किएको बा. २ क ७६२ नम्बरको स्काभेटर कर्णाली नदीमार्फत तार्ने क्रममा पानीभित्र चेन फुत्केका कारणले कर्णालीको बीच भागमा रोकिँदा चालक र सहचालकलाई उद्धार गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?