logo
२०७७ कार्तिक ९ आईतवार

माथिल्लो अरुण जलविद्युत् आयोजना: निर्माण तयारी अन्तिम चरणमा

मुख्य समाचार |


2019-12-16-5608



गोपालचन्द्र सुवेदी

काठमाडौँ, मङ्सिर ३० गते । सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो ।
सरकारी आयोजनाका रूपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो । यो योजनाको निर्माण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना मन्त्रिपरिषद्ले गत वर्षको असोजमा कम्पनी मोडेलमा बनाउने निर्णय गरेको थियो ।
माथिल्लो अरुण जलविद्युत् आयोजनालाई गेमचेन्जर आयोजनाका रूपमा पनि हेरिएको छ । सन् २०२२ को अन्त्यतिरबाट निर्माण थाल्ने र २०२७ को मेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी एक खर्ब ६० अर्ब रुपियाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत १५ करोड ८ लाख रुपियाँ हुन्छ ।
वार्षिक चार हजार ५१२ गिगावाट आवर विद्युत् उत्पादन हुने यो आयोजनाबाट सुक्खायामका चार महिनामा मात्रै २८ प्रतिशत विद्युत् उत्पादन हुनेछ । प्रतिवेदनअनुसार प्रतिवाट विद्युत् उत्पादन लागत ३.५ सेन्ट (अमेरिकी डलर) रहनेछ । त्यस्तै आर्थिक प्रतिफल दर १७.९ प्रतिशत र लागत प्रतिफल अनुपात लगानीको दोब्बर हुनेछ ।
आयोजनाको परामर्शदाता कम्पनी सीएसपीडीआर–सिनोटेक जेभीले मङ्सिर १३ गते निर्माण कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ ।

‘निर्माणको तयारी अन्तिम चरणमा’
अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख रामचन्द्र पौड्यालका अनुसार यो आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । “आर्थिक तथा प्राविधिक हिसाबले यो आयोजना अत्यन्तै अकर्षक हुने देखिएको छ,” उहाँले भन्नुभयो, “उच्च प्राथमिकताका साथ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।” कम्पनीले अहिले सम्भाव्यता अध्ययन प्रतिवेदनका विज्ञ समूहबीच अध्ययन गराइरहेको छ । परामर्शदाताले विस्तृत इन्जिनियरिङ अध्ययनको काम गरिरहेको छ । पौड्यालका अनुसार गत असारमा आयोजना स्तरोन्नति प्रतिवेदन (प्रोजेक्ट अप्टिमाइजेसन रिपोर्ट) आएपछि थप भौगर्भिक तथा प्राविधिक अध्ययन गर्नुपर्ने भए पनि आयोजनाका
धेरै पक्ष निर्धारित भइसकेका छन् । आयोजनालाई निर्वाध रूपमा निर्माणको चरणमा लैजान सरकार र प्राधिकरणले सक्रियता देखाएको छ ।
आयोजनामा ऋण लगानी गर्न विश्व बैङ्क तथा युरोपियन इन्भेस्टमेन्ट बैङ्क सकारात्मक छन् । विश्व बैङ्कले ५० करोड अमेरिकी डलर र युरोपियन इन्भेस्टमेन्ट बैङ्कले ३० करोड अमेरिकी डलरसम्म लगानी गर्न तयार रहेको आश्वासन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिइसकेका छन् । “स्वदेशी लगानीकर्तासँग पनि लगानीका विषयमा हामी छलफलको तयारीमा छौँ,” पौड्यालले भन्नुभयो, “आयोजन निर्माणको ठेक्काका लागि कागजात तयार गरिरहेका छौँ ।”

यस्तो बन्दै छ आयोजना
सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं. २ र ४ मा बन्न लागेको यो आयोजना अरुण नदीमा बन्ने किमाथाङ्का आयोजनापछि दोस्रो माथिल्लो आयोजना हो । ‘पिकिङ रन अफ दी रिभर’ मोडलमा बन्ने यो आयोजना निर्माणका लागि चेपुवानजिक अरुण नदीमा ९१ मिटर अग्लो र १८४ मिटर लामो बाँध बाँधिने छ ।
यसबाट ५० लाख घनमिटर पानी सञ्चय हुने जलाशय बन्ने छ तर विद्युत् उत्पादन प्रयोजनमा दैनिक २४ लाख घनमिटर पानी उपलब्ध हुनेछ । यो पानी ८.४ मिटर ब्यासको आठ हजार ३६२ मिटर लामो सुरुङ हुँदै भोटखोला–४ चोङराङमा बन्ने भूमिगत विद्युत्गृहमा पानी पु¥याइने छ ।
विद्युतगृहमा रहने १७७ मेगावाट क्षमताका छवटा टवाईन युनिटमा ४८३ मिटर ठाडो सुरुङबाट पानी पठाई विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट वार्षिक चार हजार ५१२ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । यसरी उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बनाउने प्रस्तावित हाइटार–शीतलपाटी ४०० केभी डबलसर्किट प्रसारण लाइनमार्पmत अरुण हब सबस्टेसनमा पु¥याउने योजना कम्पनीको छ ।
यसका लागि आयोजना स्थलबाट हाइटारसम्म करिब आठ किलोमिटर लामो प्रसारणलाइन आयोजनाले बनाउनुपर्नेछ । आयोजना स्थलसम्म पुग्ने पहुँच मार्ग सडक विभागले गत कात्तिकदेखि निर्माण थालेको छ । अरुण तेस्रोको पहुँचमार्गसँग जोडिने गरी २४ किलोमिटर बाटो बनाउन लागिएको हो । कम्पनीले अहिले सम्भाव्यता अध्ययन प्रतिवेदनका विज्ञ समूहबीच अध्ययन गराइरहेको छ । परामर्शदाताले विस्तृत इन्जिनियरिङ अध्ययनको काम गरिरहेको छ । पौड्यालका अनुसार गत असारमा आयोजना स्तरोन्नति प्रतिवेदन (प्रोजेक्ट अप्टिमाइजेसन रिपोर्ट) आएपछि थप भौगर्भिक तथा प्राविधिक अध्ययन गर्नुपर्ने भए पनि आयोजनाका
धेरै पक्ष निर्धारित भइसकेका छन् । आयोजनालाई निर्वाध रूपमा निर्माणको चरणमा लैजान सरकार र प्राधिकरणले सक्रियता देखाएको छ ।
आयोजनामा ऋण लगानी गर्न विश्व बैङ्क तथा युरोपियन इन्भेस्टमेन्ट बैङ्क सकारात्मक छन् । विश्व बैङ्कले ५० करोड अमेरिकी डलर र युरोपियन इन्भेस्टमेन्ट बैङ्कले ३० करोड अमेरिकी डलरसम्म लगानी गर्न तयार रहेको आश्वासन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिइसकेका छन् । “स्वदेशी लगानीकर्तासँग पनि लगानीका विषयमा हामी छलफलको तयारीमा छौँ,” पौड्यालले भन्नुभयो, “आयोजन निर्माणको ठेक्काका लागि कागजात तयार गरिरहेका छौँ ।”


‘अझै सस्तोमा बन्नसक्छ’
– ज्ञानेन्द्रलाल प्रधान, ऊर्जा उद्यमी
माथिल्लो अरुण जलविद्युत् आयोजना राष्ट्रिय हिसाबले मात्र होइन, क्षेत्रीय विद्युत् वितरणलाई स्टेबल बनाउनसक्ने आयोजना हो । यसले नेपालको कुल गार्हस्थ उत्पादनमै करिब २ प्रतिशत बढावा दिनेछ । यो आयोजनाको कुल लागत अझै सस्तो हुनुपर्ने हो । अहिले १५ करोड प्रतिमेगावाट लागत अनुमान छ तर यो २० प्रतिशत कम हुनसक्ने आयोजना हो ।
निजी क्षेत्रले बनाउँदा यो १२ करोड प्रतिमेगावाटमा बन्नसक्ने देखिन्छ । सरकारी आयोजना भए पनि यसलाई अझै मितव्ययी रूपमा बनाउन सकिन्छ । माथिल्लो तामाकोसी जस्तो लागत उच्च हुने खतरा आउनेमा पहिल्यै सचेत हुनुपर्छ, अर्को तामाकोसी बनाइनु हुन्न ।

‘अनिश्चितता हटाउनुपर्छ’
– अनुपकुमार उपाध्याय, पूर्व ऊर्जा सचिव
माथिल्लो अरुण हाइड्रोलोजीका हिसाबले आकर्षक परियोजना हो । अहिले भनिएकै आर्थिक उपलब्धि हासिल गर्न, सस्तो लगानीमा बनाउन चुनौतीपूर्ण हुनसक्छ । ऋण कस्तो प्रकृतिको प्राप्त हुने हो, त्यसको ब्याजदर कति हुने भन्ने कुराले पनि प्रतिफल निर्धारण गर्नेछ ।
विद्युत् कसले खरिद गर्ने, कुन दरमा खरिद गर्ने र कति खरिद गर्ने भन्ने निर्धारण हुँदा मात्र वास्तविक लागत र उपलब्धि निश्चित हुनेछ । अहिले गरिएका विश्लेषण र अध्ययनले भविष्यमा परिवर्तन हुनसक्ने आधारहरूलाई कत्तिको ध्यान दिएको छ, त्यो पनि विचारणीय हो । यसलाई निर्धारित समय र योजनाअनुरूप नै बनाउन सकियो भने उपलब्धिपूर्ण नै हुनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?