logo
२०८० चैत्र १५ बिहीवार



चीनबाट आउन थालेपछि सस्तियो प्याज

मुख्य समाचार |


चीनबाट आउन थालेपछि सस्तियो प्याज



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।
गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भिœयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०÷४५ टन प्याज चीनबाट भित्रिन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५÷५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ ।
समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपियाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने सङ्केत देखिएको बताउनुभयो ।
हुन त नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै प्याज यहीँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् तर तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारी नै प्याजको भाउ कसले बढायो भन्नेबारेमा आफूहरू बेखबर रहेको बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?