logo
२०८० चैत्र १५ बिहीवार



बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुने

मुख्य समाचार |


बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुने


गोरखापत्र समाचारदाता
काठमाडौँ,मङ्सिर २७ गते । काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन अवस्थामा रहेको बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुनेछ । शुक्रबार खानेपानीमन्त्री वीना मगरले उक्त प्रशोधन केन्द्रको निरीक्षण गर्दै आगामी माघ महिनाभित्र बागमतीको फोहोर प्रशोधन केन्द्र सम्पन्न गरिसक्ने बताउनुभयो ।

फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, मन्त्री मगरले भन्नुभयो, “प्रशोधन केन्द्रको सम्र्पूण काम सकिएको छ अब पार्क निर्माण र हरियाली बनाउने काम मात्र बाँकी छ ।”उहाँले केन्द्रको उद्घाटन समेत माघ महिनाभित्रै गरिने बताउनुभयो ।

उक्त प्रशोधन केन्द्र एकअरब ५० करोड रुपैयाँमा निर्माण हुन लागेको हो । प्रशोधन केन्दका लागि एसियाली विकास बैंकले एकअर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । मन्त्री मगरले फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधन केन्द्रबाट बायो ग्यास र विद्युत समेत उत्पादन हुने जानकारी दिनुभयो । उहाँले उक्त प्रशोधन केन्द्रले दैनिक तीनकरोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्ने बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख भोजविक्रम थापाले प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने जानकारी दिनुभयो । उहाँले उक्त फोहोर पानी प्रशोधन केन्द्रबाट तीनसय ५० केभि विद्युत उत्पादन हुने जानकारी दिनुभयो ।

आयोजना प्रमुख थापाले गोकर्णेश्वर लगायतको क्षेत्रबाट आउने ढललाई गुह्ेश्वरीमा रहेको प्रशोधन केन्द्रबाट छानिने जानकारी दिँदै त्यहाँबाट मल तथा विद्युत उत्पादन गरिने बताउनुभयो ।
उहाँले उक्त प्रशोधन “डिजाइन विथ एण्ड अप्रेट” (जसले डिजाइन गर्छ उसैले बनाउँछ, जसले बनाउँछ उसैले सञ्चालन गर्छ ) ले निर्माण गरेको बताउनुभयो ।

आयोजना प्रमुख थापाले १० वर्ष सम्म डिजाइन विथ एण्ड अप्रेटले सञ्चालन गर्ने बताउनुभयो । त्यसपछि उक्त केन्द्र नेपाल सरकार मातहतमा आउनेछ ।
खानेपानीमन्त्री मगरले सोही अवसरमा निर्माणाधिन अयोजनास्थल परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?