logo
२०८० चैत्र १६ शुक्रवार



मादीको वडा कार्यालय र डोजरमा आगजनी

खुला |


मादीको वडा कार्यालय र डोजरमा आगजनी
सांकेतिक तस्बिर


ध्यान कुलुङ
सङ्खुवासभा, मंसिर २६ गते । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ । गए राती अज्ञात ब्यक्तिले आगजनी गरेको हो ।

स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयको सम्पुर्ण कागजातहरु नष्ट भएको मादि नगरपालिकाका प्रमुख बिदुर लिङ्थेपले जानकारी दिनुभयो । वडा कार्यालयमा कस्ले र किन आगजनी गर्यो भन्ने कुनै कारण खुल्न नसकेको नगर प्रमुख लिङ्थेपले बताउनुभयो ।

सोही समयमा मादी भित्रीने सडक निर्माणको काम गरिरहेको डोजरमा पनि आगलागी भएको छ । सगरमाथा कन्स्ट्रक्सन कम्पनीको क्याट डोजरमा आगो लगाईएको हो । उक्त डोजर बज्रगुरु कन्स्ट्रक्सनले भाडामा ल्याएर चलाउँदै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?