logo
२०८० चैत्र १५ बिहीवार



कपास उद्योगमा आगलागी

खुला |


कपास उद्योगमा आगलागी


तनहुँ, मङ्सिर १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मनकामना कपास उद्योगमा विहीबार बिहान पौने दश बजे आगलागी भएको छ । आगोलागीबाट मानविय क्षती भने नभएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका हवल्दार बोधराज यादवले जानकारी दिनुभयो ।
आगो लाग्दा कपास पेल्ने मेसिन र सिरक र डसनाहरु जलेको प्रहरीले जनाएको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी हवल्दार यादवले जानकारी दिनुभयो । आगोको स्थानीय र प्रहरीहरुले नियन्त्रणमा लिएका छन् । उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले आठ देखि नौ लाख रुपैयाँको धनमाल नोक्सान भएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?