logo
२०८१ बैशाख ७ शुक्रवार



प्रम ओलीको तेस्रो हेमो डायलासिस सम्पन्न

मुख्य समाचार |


प्रम ओलीको तेस्रो हेमो डायलासिस सम्पन्न


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा शनिबार तेस्रो पटक हेमो डायलासिस सम्पन्न भएको छ ।
अस्पतालका निर्देशक डा चक्रराज पाण्डे, निजी चिकित्सक डा दिव्या सिंह शाह र डा प्रेम ज्ञवालीले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक हेमो डाइलासिस सम्पन्न भएको जानकारी दिनुभएको छ ।
उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । डाइलासिस पछि ओली शनिबार सरकारी निवास बालुवाटार फर्किसक्नुभएको छ । ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नियमित डाइलासिसको लागि अस्पताल आउनुभएको र डाइलासिस सम्पन्न भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायालसिस सम्पन्न गरिएको थियो । प्रधानमन्त्री ओलीले भारतमा गइ १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । यसअधि प्रधानमन्त्री ओलीको मिर्गौैलामा एन्टीबडी बढेपछि त्यसको निराकरणको लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गरिएको थियो ।
मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि ओलीले सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा गएर प्लाज्मा फेरेसिस विधिबाट मिर्गौलाको एन्टीबडी नष्ट गरिएको थियो भदौ ५ मा ओली मिर्गौलाको उपचार गर्न दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर उपचार गराउनुभएको थियो ।
सरोज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?