logo
२०८० चैत्र १५ बिहीवार



सुनको मूल्यमा भारी बृद्धि

अर्थ |


सुनको मूल्यमा भारी बृद्धि


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २८ गते । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा भारी बृद्धि भएको छ । 

बुधबार छापावाल सुनको प्रतितोला ७१ हजार चार सयमा कारोबार भएकोमा बिहिबार प्रतितोला ७२ हजार कायम भएको हो । यो मूल्य तोलामै एकै दिन छ सयले बृद्धि भएको हो ।

बिहिबार छापावाल सुन प्रतितोला ७२ हजार रुपियामा कारोबार भइरहेको छ । बुधबार ७१ हजार चार सय रुपैयामा कारोबार भएको सुनको मूल्य ७२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले जानकारी दिनुभएको छ । 

बिहिबार तेजाबी सुनको मूल्यमा समेत बृद्धि भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ७१ हजार सात सयमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहिबार चाँदीमा प्रतितोला १० रुपैया बढेको छ ।

यसअघि २०७६ भदौ ९ गते सुनले नयाँ मूल्यको रेकर्ड कायम गरेको थियो । त्यतीबेला सुनप्रतितोला ७३ हजार पाँच सयमा कारोबार भएको निर्देशक तुलाधरले जानकारी दिनुभयो । बिहिबार कारोबार भएको सुनको मूल्य कात्तिक महिनाकै उच्च हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?