logo
२०८० चैत्र १५ बिहीवार



युवकको शव फेला

खुला |


युवकको शव फेला


बारा, कातिक २७ गते । करैयामाई गाउँपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ ।

करैयामाई गाउँपालिका वडा नम्बर–५ तेतरियाटोलका चलित्तर चौधरीको अन्दाजी १८ बर्षे छोरा शिवनाथ चौधरीको रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।

मंगलबार साँझ सोही गाउँपालिकामा पूर्णिमाको अवसरमा लागेको माईको मेला देखेर घर फर्किने क्रममा अत्यधिक मदिरा सेवनगरी तेतरिया बजार र नेपाल राष्ट्रिय आधारभूत विद्यालयबीचमा पर्ने सरेही खोलाको पुलबाट लडेर मृत्यु भएको हुनसक्ने शवको प्रकृतीले देखाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

बुधबार बिहान स्थानीयले शिवनाथको शवलाई देखपनि प्रहरीलाई भने, ९ बजे जानकारी आएपछि शवको मुचुल्का उठाएर परीक्षणको लागि आजै जिल्ला अस्पताल कलैयामा शव ल्याइएको छ । मृत्युको कारणको बारेमा शुरु गरिएको अनुसन्धान र शव परीक्षण रिर्पोट आएपछि कसैको बारेमा बोल्न मिल्ने प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?