logo
२०८० चैत्र १६ शुक्रवार



चारजना राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

मुख्य समाचार |


चारजना राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
श्रीलङ्काका आवासीय राजदूत हिमाली सुवासिनी डिसिल्भा अरुनतिलकाबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि नियुक्त हुनुभएका विभिन्न मुलुकका आवासीय तथा गैर आवासीय चारजना राजदूतले छुट्टाछुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत हिमाली सुवासिनी डिसिल्भा अरुनतिलकाले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
यसैगरी, नेपालका लागि गैरआवासीय राजदूतहरू गणतन्त्र अर्जेन्टिनाका डेनियल चुबुरु, प्रजातान्त्रिक जनगणतन्त्र आलोसका चौङहोम र बहराइन अधिराज्यका अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?