logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाल–युरोपेली सङ्घ सम्बन्धबारे परराष्ट्रमन्त्रीसँग छलफल 

मुख्य समाचार |


नेपाल–युरोपेली सङ्घ सम्बन्धबारे परराष्ट्रमन्त्रीसँग छलफल 



    काठमाडौँ, कात्तिक २२ गते ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।    
     
त्यस अवसरमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?