logo
२०८१ बैशाख ७ शुक्रवार



‘सङ्घीयता कार्यान्वयन सहज’

मुख्य समाचार |


‘सङ्घीयता कार्यान्वयन सहज’



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीयता कार्यान्वयनका लागि सरकारले अप्ठ्यारा दिन पार गरिसकेकाले अब सजिला दिन आउने बताउनुभएको छ । संविधानअनुसार तीनै तहले आफ्नो अधिकार क्षेत्रभित्रका काम गर्दा सङ्घीयता कार्यान्वयनमा झनै सहजता आउने उहाँले स्पष्ट गर्नुभयो ।
गोरखापत्रसँग मङ्गलबार कुरा गर्दै मन्त्री पण्डितले सङ्घीयता कार्यान्वयनको महìवपूर्ण काम सम्पन्न भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अब क्रमिक रूपमा सहजता सिर्जना भई सर्वसाधारणले सङ्घीयता कार्यान्वयन भएको महसुस गर्दै जान्छन् ।” मन्त्री पण्डितले समायोजन भएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तहलाई निर्देशन दिँदै समायोजित कर्मचारीलाई स्थानीय तहले हाजिर नगराए स्थानीय तहको कमजोरी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समायोजित कर्मचारीका लागि आवश्यक बजेट सम्बन्धित स्थानीय तहमा नै पठाएकाले स्थानीय तहले कर्मचारीलाई हाजिर गराउनुको विकल्प छैन ।”
स्थानीय तहका लागि आवश्यक कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने जानकारी दिँदै उहाँले संविधानले नै स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?