logo
२०८१ बैशाख १३ बिहीवार



उपनिर्वाचनमा पार्टीप्रति प्रेम दर्शाउन अध्यक्ष प्रचण्डको अपिल

मुख्य समाचार |


उपनिर्वाचनमा पार्टीप्रति प्रेम दर्शाउन अध्यक्ष प्रचण्डको अपिल


नगेन्द्रकुमार कर्ण
जलेश्वर, कात्तिक १३ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेशको हक अधिकारको निम्ति अहिले पनि मधेशसँग आफ्नो ‘प्रेम’ रहेको दोहो¥याउनुभएको छ ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा पार्टीद्वारा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्नुहुदै अध्यक्ष प्रचण्डले तराई मधेशसंगको ‘प्रेम’ कै प्रतिफल सिराहामा आफूलाई जनताले जिताएर प्रधानमन्त्रीसम्म पु¥याएको वताउनुभयो । उहाँले यही मङसिर १४ गते हुने उपनिर्वाचनमा समेत प्रेम दर्शाउन सबैसँग अपिल गर्नुभयो ।
यही मङसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचन भइरहेको छ ।
उहाँले सुशासन र भ्रष्टाचार विरुद्धको संघर्षको रुपमा यो उपनिर्वाचन भइरहेको बताउनुहुँदै यस्तो अवसर उपयोग गर्न सबैसंग अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशी जनता न्याय,समानता, सुशासन, भ्रष्टाचारको विरुद्ध तथा विकासको पक्षमा रहेको देखाउन यो अवसर आएको छ, यसको सदुपयोग गर्नुस् ।’
तराई मधेशमा भइरहेको विकास निर्माणको मुख्य देन कम्युनिष्ट सरकारकै रहेको दावी गर्नुहुदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भन्नुभयो,‘फास्ट ट्रयाक, जनकपुर–जलेश्वर–भिठामोड सडकखण्ड, निजगढको अन्तर्राष्ट्रिय एयरपोर्ट, कोशी–कमला डाइभर्सन, हुलाकी सडक निर्माण हाम्रै पालामा शुरु भएको हो ।’
हुलाकी सडक पनि बन्छ र ? भन्ने ठट्टा र मजाकको विषय बनिरहेको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग आफूले सिधा सिधा आँखामा आँखा हेरेर भनेको थिएँ यहाँहरूले न बनाउने हो भने भनिदिनुस हुलाकी मार्ग हामी आफै बनाउँछ । तपाईको सहयोगमा बनाउन भनिएको किन ढिलो भयो, १६ वर्ष भइसक्यो, मानिसमा एकखालको सन्ताप भइसक्यो भनेपछि अब बनाउँछु भनेपछि मात्रै आफू व्याक भएको हुँ अध्यक्ष प्रचण्डले भन्नुभयो । मलाई खुशी छ मेरो र पार्टीको सहयोगले मैलै सिराहामा आएर हुलाकी सडकको शिलान्यास गरे र अहिले सो काम अगाडि बढेको छ उहाँको भनाई थियो ।
भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मोतिहारीदेखि अमलेखगञ्जसम्म तेलको पाइपलाइन बिछयाउने कार्यको उदघाटन गर्नुभएको छ यो चानचुने कुरा होइन भन्दै अध्यक्ष प्रचण्डले यसले नेपाल भारतको सम्बन्धमा र नेपाली जनताको आर्थिक समृद्धिमा पनि एउटा ठुलो र ऐतिहासिक दुरगामी भुमिका खेल्ने दावी गर्नुभयो ।
जसरी चीनका राष्ट्रपति नेपाल आउँदा दुईदेशबीचको सदभाव अभिवृद्धिमा एउटा उपलब्धि र चीनका राष्ट्रपतिले अब नेपाल भूपरिवेष्ठित रहने छैन् त्यो भूजडित हुने र चीनले त्यत्तिकै सहयोग गर्ने भन्नुभएको छ यसले भारत र चिन दुवैले नेपाललाई सहयोग गर्ने स्पष्ट देखिएको बताउनुभयो ।
जनकपुर–जलेश्वर–भिठामोडसडक खण्ड ६ लेनको हुने बताउनुहँुदै काममा ढिलासुस्ती नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सडक निर्माणमा ढिलासुस्ती भए पार्टीका रामकुमार शर्मा मात्रै होइन आफू पनि आन्दोलनमा आउन तयार रहेको बताउनुहुदै आफूलाई आन्दोलनमा आउन विवश नपार्न भौतिक पूर्वाधार मन्त्री तथा प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन समेत दिनुभयो ।
देशको विकास र तराई मधेशको पनि विकास र समृद्धिमा समर्पित पार्टी नेकपा नै भएको बताउनुहुदै भ्रममा नपर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले जिल्लाको बनौलीलाई विद्यापति सर्किट बनाउने आश्वासन दिनुभएको थियो भने नेता प्रभु साहले पार्टीले भ्रष्टाचार गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने वताउनुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजु खडकाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले डिजिटल नेपाल बनाउने अभियानमा आपूm लागेको जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?