logo
२०८० चैत्र १५ बिहीवार



कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु   

अन्तर्राष्ट्रिय |


कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु   


किन्सासा, कात्तिक ४ गते । कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।    
    
अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो । राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।    
    
बसको ब्रेक फेल भएका कारण उत्पन्न समस्याबाट यो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।    
    
दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो ।    

बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो । सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाई छ ।    
    
बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाई छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?