logo
२०८१ बैशाख १२ बुधवार



चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच वार्ता शुरु

मुख्य समाचार |


चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच वार्ता शुरु
तस्बिर : बिकास द्वारे


गोरखापत्र अनलाइन

काठमाडौं, असोज २६ गते । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्टपति सी चिनफिङ र प्रधानमन्त्री के पी शर्मा ओलीबीच उच्च स्तरीय वार्ता सुरु भएको छ ।
होटेल सोल्टी क्राउन प्लाजामा ११ बजेबाट वार्ता उच्चस्तरीय द्विपक्षीय वार्ता सुरु भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु  सहभागी हुनुहुन्छ । वार्ताको सुरुमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्नुभएको छ ।

वार्ता करीब १५ मिनेट चल्नेछ । वार्ताको क्रममा विगत्मा छलफल भएर तयारी पुरा भएको १५ बुँदामा सम्झौता हुने अनुमान गरिएको छ ।

नेपाल र चीनबीच केही महत्वपूण विषयमा हस्ताक्षार हुने छ । सीले  हिजो साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।  त्यस्तै राष्ट्रपति सी उहाँको सम्ममान राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा सहभागी हुनु भएको थियो ।
उहाँ आजै दिउँसो १.०० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

यसैबीच राससका अनुसार नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी हुनुहुन्थ्यो । राजनीतिक भेटवार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच दुईपक्षीय वार्ता र सम्झौता हुने कार्यक्रम छ ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?