logo
२०८१ बैशाख ६ बिहीवार



लुम्बिनीमा बढ्दै छन् चिनियाँ पर्यटक

मुख्य समाचार |


लुम्बिनीमा बढ्दै छन् चिनियाँ पर्यटक



लक्ष्मण पौडेल

भैरहवा, असोज २६ गते । लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या विगत दुई दशकदेखि निरन्तर बढ्दै गइरहेको छ । सन् २००० मा दुई सय ६६ जना मात्र चिनियाँ पर्यटक लुम्बिनी भ्रमणमा आएकोमा यो सङ्ख्या सन् २०१८ मा १८ हजार ६४० पुगेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलङ्काका रहेका छन् । श्रीलङ्कापछि थाइल्यान्ड र अहिले तेस्रो स्थानमा चिनियाँ पर्यटक रहेका छन् ।
सन् १९९४ मा १६४ चिनियाँ पर्यटक लुम्बिनी भ्रमणका लागि पुग्दा जापानी पर्यटकको सङ्ख्या साढे छ हजार पुगेका थिए भने १९९८ मा १६० चिनियाँ लुम्बिनी पुग्दा आठ हजार दुई सय ४७ जापानी यहाँ आएका थिए । ९० को दशक लुम्बिनीमा जापानी पर्यटकको सङ्ख्या बढी थियो तर त्यसपछि भने लगातार योे स्थान चिनियाँ पर्यटकले लिइरहेका छन् ।
सन् २०१३ मा भन्दा सन् २०१४ मा चिनियाँ पर्यटकको आगमन करिब ३३ प्रतिशतले बढेको थियो । २०१३ मा १३ हजार ५६१ पर्यटक लुम्बिनी आउँदा यो सङ्ख्या बढेर सन् २०१४ मा दुई दशकयताकै बढी २० हजार सात सय १८ पुगेको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिनुभयो तर भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा चिनियाँ पर्यटकको सङ्ख्या घटेर १२ हजार एक सय ६१ र सन २०१६ मा १४ हजार आठ सय ९० पुगेको थियो ।
सन् २०१७ मा १५ हजार ७७० चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
श्रीलङ्का र थाइल्यान्डका पर्यटकको तुलनामा चिनियाँ पर्यटकको लुम्बिनी बसाइँ बढी हुने भएकाले पनि चिनियाँ पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत रहेको पर्यटन व्यवसायी बताउँछन् । नेपाल आउने हरेक चिनियाँको चाहना बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउनु रहेको पाइएको छ । अधिकांश काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तातोपानी नाका हँुदै भित्रिने चिनियाँ यहाँ आउने गरेका छन् ।
लुम्बिनी आउने पर्यटकमा चिनियाँ बढ्दै जानु राम्रो पक्ष रहेको र अब चिनियाँ पर्यटक बढीभन्दा बढी भिœयाउने गरी राज्य र सरोकारवाला निक(ायले प्रवद्र्धनात्मक र प्रचारमा जोड दिनुपर्ने लुम्बिनी होटल तथा रेस्टुरेन्ट एसोसिएसनका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “तत्कालीन समयमा जापानी पर्यटकलाई लक्षित गरी जापानको होक्के क्लबले लुम्बिनीमा सञ्चालनमा ल्याएको होक्के होटलमा सन् १९९६ मा एक वर्षभरि पाँच हजार जापानी पर्यटक बसेका थिए”, होटलका तत्कालीन महाप्रबन्धक सुभाष शर्माले भन्नुभयो– “तर अहिले अवस्था त्यस्तो रहेन, जापानीको तुलनामा चाइनिज धेरै खर्च गर्नसक्ने क्षमताका भए, चीनसँग सीधा हवाई सम्पर्क लगायतका कारणले चिनियाँ बढिरहेका छन् ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?