logo
२०८१ बैशाख ६ बिहीवार



सीको भ्रमणका बेला भित्री सडकमा ठूला सवारीमा रोक

खुला |


सीको भ्रमणका बेला भित्री सडकमा ठूला सवारीमा रोक
तस्बिरः राजेन्द्र चित्रकार


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २५ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौं बसाईको क्रममा चक्रपथ भित्रका भित्री सडकमा ठूला सवारी साधनको आवागमनमा रोक लगाइने भएको छ । ट्राफिक प्रहरीका अनुसार राष्ट्रपति सी अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएपछि उहाँको रुट निर्धारण गरिएको भित्री सडकमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइने छ ।
ट्राफिक प्रहरीका प्रवक्ता रबिकुमार पौडेलले चिनियाँ राष्ट्रपतिको आगमनपछि भित्री सडकको कालीमाटीदेखि सोल्टीमोड हुँदै कलड्ढीसम्म ठूला र मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौं आउँदै हुनुहुन्छ । राष्ट्रपति सीको बसाई सोल्टीमोडस्थित होटेल सोल्टी क्राउन प्लाजामा हुनेछ ।
प्रवक्ता पौडेलले भन्नुभयो, “साना सवारीसाधन चल्ने भए पनि कतिबेलासम्म चल्न पाउने सम्बन्धमा तात्कालै भन्ने अवस्था छैन् ।” त्यसैगरी सार्वजनिक यातायात हिंडडुलमा भने कुनै रोक लगाइने छैन् । तर सोल्टीमोडबाट भित्र जाने बाटो राष्ट्रपति सीको बसाईको क्रममा सवारी आवागमनमा पूर्णरुपमा बन्देज लगाइने प्रवक्ता पौडेलले खुलाउनुभयो ।
त्यस्तै सीको आगमनका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई घण्टाकालागि उडान अवतरण बन्द हुने प्रहरीले जनाएको छ । अति विशिष्ठ पाउनाको आगमनका बेला यस किसिमको उडान अवतरण बन्द हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?