logo
२०८० चैत्र १६ शुक्रवार



उपचारको अभावमा मानसिक स्वास्थ्य कमजोर भएका बालक सलको डोरीले बाँधिए

समाज |


उपचारको अभावमा मानसिक स्वास्थ्य कमजोर भएका बालक सलको डोरीले बाँधिए
तस्विर सौजन्यः सविन लामिछाने


प्रकाशचन्द्र भट्टराई

दमौली, असोज १० गते । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ कणालेका अपाङ्गता भएका १३ वर्षिय बालक मिलन दुरा ६ बर्षदेखी सलको डोरीले बाँधिदै आएका छन् ।

मानसिक स्वास्थ्य अवस्था कमजोर भएका ती बालकलाई आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनका अविभावकले सलको डोरीले घरको खाँबोमा कम्मरमा बाँधेर घरमा नै राख्दै आउनु भएको छ ।

मानसिक रोगको उपचार गर्न पैसा नभएको कारण छोरालाई घरमै बाँधेर आफु काममा जाने गरेको आमा नानुमाया दुराले बताउनुभयो । कम्मरमा बाँधिएपछि बालक यताउता कतै जान सक्दैनन् । ७ वर्षको हुँदा मिलनमा मानसिक समस्या देखिएपछि उनका अभिभावकले उपचार गर्नुको साटो घरमै बाँधेर राख्न थालेका हुन् । उपचार गर्ने ठाउँ पनि थाहा नभएको र पैसा समेत नभएको कारण घरमै बाँधेर राखेको आमा नानुमायाले बताउनुभयो ।

मानसिक स्वास्थ्यसँगै मिलनमा शारीरिक समस्या पनि देखिएको छ । उनी राम्रोसँग हिडडुल पनि गर्न नसक्ने बालकको आमाले बताउनुभयो । मानसिक समस्या हुनु अघि मिलन राम्रोसँग विद्यालय समेत जाने गरेको आमाले जानकारी दिनु भयो । त्यतीकै घरमा राख्दा झन् दुर्घटना होला भनेर बाँधेर राख्ने गरेको आमा नानुमायाको भनाई छ ।

घर खर्च चलाउन दैनिक अर्काको मेलापात जाने र घर निर्माणको काममा मजदुरी गर्ने नानुमायाले बताउनुभयो । मिलनका वुवा घरमा भएपनि मादक पदार्थ सेवन गरेर हिड्ने र घर परिवारमा कुनै वास्ता नगर्ने नानुमायाले बताउनु भयो । तिन छोरा मध्ये जेठा छोरा सवारी साधनमा सहचालक छन् भने मिलन माईलो छोरा रहेको र कान्छो छोरा स्थानीय इन्दु माविमा अध्ययन गर्छन् ।


उहाँले भन्नु भयो ‘पैसा नभएको कारण घरमा नै बाँधेर राख्नु परेको हो, पैसा भए राम्रो ठाउँमा उपचार गर्न लैजान्थे ।’ म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बालकको उपचारकोलागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

सम्पर्क
९८५६०६०७८९

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?