logo
२०८१ बैशाख ७ शुक्रवार



काँग्रेसको बैठक आज

मुख्य समाचार |


काँग्रेसको बैठक आज


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । प्रमुख नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित गर्ने भएको छ ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताउनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?