logo
२०८१ बैशाख ८ शनिवार



आमसञ्चारबाट गलत सूचना प्रवाह हुँदा सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुन्छ :राष्ट्रपति

मुख्य समाचार |


आमसञ्चारबाट गलत सूचना प्रवाह हुँदा सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुन्छ :राष्ट्रपति


 

दीपक श्रेष्ठ
काठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक कला तथा संस्कृतिको सम्बद्र्धनमा आमसंचार जगतले यथोचित ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले इतिहास र सभ्यताको जगेर्नाका लागि पुरातात्विक धरोहरहरुको संरक्षणमा जोड दिनुका साथै गौरवशाली संस्कृति र प्रकृतिलाई जीवन्त राख्न सबै प्रकारका संग्रहालयहरुको सम्बद्र्धनमा ध्यान दिनु पर्ने बताउनुभयो ।
उहाँले राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित प्रेस काउन्सिल नेपालको ५० औं वार्षिकोत्सव तथा पुरस्कार विरतण समारोहमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले आमसंचारबाट गलत सूचना प्रवाह हुँदा सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुन पुग्ने बताउनुभयो ।
उहाँले जनस्वास्थ्यलाई ख्याल गर्दै जैविक कृषि प्रणाली प्रबद्र्धनसहित स्वस्थ्य उत्पादनमा जोड दिएर रैथाने बालीको संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले प्रेस काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारसमेत प्रदान गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मिडिया म्यासेन्जर हो कि बिजनेस ?’ भन्ने विषय गम्भीर बहसको विषय बनेको भन्दै सामाजिक सञ्जालले मूलधारका मिडिया प्रभावित बन्न नहुने बताउनुभयो ।
उहाँले नेपाली पत्रकारिता ‘हेडलाइन’ मा मात्र केन्द्रित बन्दैगएको चर्चा गर्दै फराकिलो र विस्तारित बन्दैगएको मिडिया लोकतन्त्र र समाजका लागि जिवन्त हुनुपर्ने बताउनुभयो । उहाँले आधुनिक पत्रकारितालाई सुधार गर्ने क्रममा मर्यादित, विश्वसनीय र सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले छिट्टै आउने विज्ञापन कानुनले नेपाली मिडियालाई आर्थिक रुपमा संरक्षण गर्ने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको ४४ औं वार्षिक प्रतिवेदन, संहिता जर्नल र मिडिया एन्ड इथिक्स प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, विश्व प्रेस काउन्सिल संघका अध्यक्ष डा.सुले अकेर र सम्मानित व्यक्तित्व डा.सुरेश आचार्यले नेपाली प्रेस र आचारसंहिताको कार्यान्वयनको विषयमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल नेपालद्वारा हरेक वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारसमेत प्रदान गर्नुभयो । सो अवसरमा गोविन्दबहादुर थापालाई एक लाख ५१ हजार रुपियाँ राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरियो । त्यस्तै, डा.सुरेश आचार्यलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख पाँच हजार रुपियाँ रहेको छ ।
यस्तै, बाँकेको दैनिक नेपालगञ्जलाई ५० हजार रुपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, मो.हसन मियाँलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, अन्तर्बोध साहित्यिक त्रैमासिकका सम्पादक÷प्रकाशक होमशंकर बास्तोलालाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही २० हजार रुपियाँ रहेको छ ।
यसैगरी, नौं जनालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार प्राप्त गर्नेहरुमा नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सीतारामप्रसाद बर्मा कट्टेल, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी हुनुहुन्छ ।
यस्तै, जनही १५ हजार रुपियाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १० जनालाई प्रदान गरिएको छ । सो पुरस्कार प्राप्त गर्नेहरुमा मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, विधान श्रेष्ठ, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु .(गायत्री) मिश्र हुनुहुन्छ । यसैगरी, २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई एवं १० हजार रुपियाँ राशिको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुुरस्कार विपुल पाण्डेलाई प्रदान गरिएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?