प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

मुख्य समाचार |


2019-09-18-1492


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्विट गर्दै समकक्षी मोदीलाई शुभकामना दिनुभएको हो । प्रधानमन्त्री ओलीको ट्विटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्विट गर्दै भन्नुभएको छ, “मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु । ”
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आवश्यकताअनुसार प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्टबाट श्रव्यदृश्यसमेत ट्विट हुने गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?