logo
२०८१ बैशाख १२ बुधवार



चाँडपर्व आयो, चामल आएन सुपथ मूल्यको पसल पनि खुलेन

मुख्य समाचार |
समाज |


चाँडपर्व आयो, चामल आएन सुपथ मूल्यको पसल पनि खुलेन


गोकर्ण दयाल,

बैतडी भदौ ३१ गते । चाँडपर्व नजिकै आए पनि भोकमरी हुने गाउँपालिका र नगरपालिकामा खाद्य व्यवस्थाको चामल आएको छैन भने साल्टट्रेडिङले सुपथ मूल्यमा बिक्रि गर्ने नुन र चिनीको पसल पनि खुल्न सकेको छैनन् ।

साल्टट्रेडिङ कर्पोरेशन धनगढीले दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर बैतडीमा ४५ दिनसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्दै आईरहेको छ ।

त्यसै गरि खाद्य व्यवस्था तथा कम्पनीले जिल्लाको पुरचौडी नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा आपूर्ति गर्ने चामल समेत आईपुगेको छैन ।

एकहजार पाँसय क्वीन्टल मध्ये पञ्चेश्वरमा ६० क्वीन्टल चामल आए पनि बजार भन्दा निकै महङ्गो चाम आईपुगेको सर्वसाधारणले गुनासो गरेका छन् ।

चामल आपूर्ति गर्दै आईरहेको खाद्य व्यवस्था तथा कम्पनीका धनगढी प्रमुख केशवप्रसाद पाण्डेयले भन्नुभयो,“टेन्डर प्रक्रिया केही ढिलो भयो । पुरचौडी र मेलौलीको ठेक्का स्वीकृत भए पनि सम्झौता हुन बाँकी रहेकोले ढिलो भएको छ । सम्झौता हुँने बित्तिकै त्यता चामल पठाउने तयारीमा छौ । पञ्चेश्वरको कुलाउका लागि ६० क्वीन्टल चामल गईसकेको छ ।”

खाद्य व्यवस्था कम्पनीले पञ्चेश्वरमा पठाएको ६० क्वीन्टल चामल बजारको दररेट भन्द ५ रुपियाँ महङ्गो आईपुगेको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष वीना भट्टले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो,“ खाद्यको चामल ढिलो आयो तर,निकै महङ्गो भएर आयो । बजारमा मोटो चामल ३९ रुपियाँ प्रति किलो छ । खाद्य व्यवस्थाको त्यही मोटो चामल ४४ रपियाँ प्रति किलोका दरले पञ्चेश्वर पुगेको छ । यो त सहुलियत भन्दा पनि गरिबलाई लुटे जस्तो भयो । गाउँपालिकाबाट चामल महङ्गो भएकोले दररेट घटाईदिन पत्राचार गरेका छौं ।”

खाद्य व्यवस्था तथा कम्पनीले यो वर्ष पुरचौडी नगरपालिकाका लागि एक हजार दुईसय क्वीन्टल चामल, मेलौली नगरपालिकाका लागि एक हजार क्वीन्टल र पञ्चेश्वर गाउँपालिकाका लागि एक हजार पाँचसय क्वीन्टल चामल आपूर्ति गर्न बोलपत्र आह्वान गरेको छ ।

खाद्य व्यवस्था तथा कम्पनीले आपूर्ति गर्ने चामलमा बिया नभएको र बजारको भन्दा राम्रो गुणस्तर भएकोले दररेट फरक परेको खाद्य व्यवस्था तथा कम्पनीका धनगढी प्रमुख केशवप्रसाद पाण्डेयले दाबी गर्नुभयो ।

जिल्लाको दुर्गम तल्लो स्वराड क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिकामा महाकाली नदीका घाट बन्द हुँदा भारतबाट आयात हुने खाद्यान्न बन्द हुने भएकोले त्यहाँ बर्खामा भोकमरी हुने गरेको छ ।

उता साल्टट्रेडिङ कर्पोरेशनको पनि यही हालत देखियो । सुपथ मूल्यमा बिक्रि हुने वस्तुको टेन्डर र दररेट समयमै नआएकोले सुपथ मूल्यको पसल खुल्न ढिलो भएको साल्टट्रेडिङ कर्पोरेशन धनगढीले जानकारी दिएको छ ।

साल्टट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख प्रेमनारायण भण्डारीले भन्नुभयो,“ टेण्डर प्रक्रिया ढिलो भयो । दररेट पनि समयमै आएन । अबको एक हप्तामै सुपथ मूल्यको पसल संचालन हुनसक्छ ।”

सुपथ मूल्यको पसलबाट यो वर्ष चिनी ७२ रुपपियाँ प्रति किलो, नुन १८ रुपियाँ प्रतिकिलो र नुहाउने साबुन ३० रुपियाँ पर्ने भण्डारीले जानकारी दिनुभयो ।

गत वर्ष बैतडीमा खुलेको सुपथ मूल्यको पसबाट चिनी एकसय ८५ क्वीन्टल र नुन २२७ बोरा बिक्रि भएको साल्टट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटन बैतडीका नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो । यो वर्षदेखि नुहाउने साबुन पनि थपिएको धामीले बताउनुभयो ।

दशैं–तिहार र छठमा ४५ दिनसम्म संचालन हुने सुपथ मूल्यको पसलबाट आम सर्वसाधारणका लागि खुला रहने धामीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?