logo
२०८० चैत्र १५ बिहीवार



नृत्य तथा कविता वाचन

कला |


नृत्य तथा कविता वाचन


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । अन्तर विद्यालयस्तरीय ‘नृत्य तथा राष्ट्रियता’ विषयक कविता वाचन प्रतियोगितामा होली एञ्जेल पब्लिक स्कुलका विद्यार्थी इच्छा गुरुङ र नृत्यमा टाइमलाइन स्कूलका विद्यार्थी प्रशुन बडाल प्रथम भएका छन् ।

नृत्य निर्देशक संघ नेपाल काठमाडौं ३ नम्बर क्षेत्रद्वारा नयाँबस्तीस्थित टाइमलाइन स्कुलमा आयोजित प्रतियोगितामा आठ विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रमका हास्य कवि शैलेन्द्र सिंखडा, संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, डा.बाजुराम पौडेल, रामप्रसाद बराल, भोला रिजालले साहित्यका विषयमा चर्चा गर्नुभएको थियो ।

कवितातर्फ बालगीतान्जली स्कुलका प्रशान्त बुढाथोकी द्वितीय र गणेश हिमाल स्कुलका विद्यार्थी सदिक्षा खड्का तृतीय हुनुभएको छ । यसैगरी, नृत्यमा बाल गीतान्जलीकै विद्यार्थी गोकुल महत द्वितीय र गोकर्णेश्वर लाइटका कृष्ण दुलाल तृतीय हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?