logo
२०८१ बैशाख ७ शुक्रवार



विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत   

मुख्य समाचार |


विभिन्न देशका राजदूतद्वारा   ओहोदाको प्रमाणपत्र प्रस्तुत   


काठमाडौँ, भदौ २४ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।    
    
राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।    
    
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।  

  

–फाेटाे राजेन्द् चित्रकार (गाेरखापत्र)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?