राष्ट्रपतिसँग आइरिस सभामुखको भेट   

मुख्य समाचार |


2019-09-10-1157


काठमाडौँ, भदौ  २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेलले मंगलबार शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।    
 उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?