logo
२०८१ बैशाख १३ बिहीवार



प्रमकाे स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने 

मुख्य समाचार |


प्रमकाे स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने 


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले मिर्गौलासम्बन्धी एन्टिबडी उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै ट्वीट गर्नुभएको छ ।

उहाँका अनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको छैठौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सोमबार हुने छ ।

बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने छ । उहाँले ट्वीट गर्नुभएको छ, “प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार बुधबार सातौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।” प्रधानमन्त्री ओली स्वास्थ्य उपचार तथा थप परीक्षणका लागि भदौ ५ गते सिंगापुर जानुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?