logo
२०८० चैत्र १५ बिहीवार



लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

मुख्य समाचार |
राजनीति |


लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको मतदान केन्द्र। गोकर्ण पौडेल


गोकर्ण पौडेल
तुलसीपुर माघ ११ गते। राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा लागेको मतदानको तयारी पूरा भएको छ। तीन सिटका लागि हुन लागेको निर्वाचनको मतदान केन्द्र घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तोकिएको छ। निर्वाचन आयोगका निर्वाचन अधिकृत मीनराज भट्टराईका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसोको ३ बजेसम्म हुनेछ।

निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाका राजेश विश्वकर्मा र अन्यतर्फ कांग्रेसका युवराज शर्माले उम्मेद्वारी दिनुभएको छ। विपक्षी एमालेबाट महिलातर्फ भारती खनाल, दलिततर्फ कृष्णबहादुर सुनार र अन्यतर्फ रामदयाल गुप्ताले उम्मेदवारी दिनुभएको छ।

लुम्बिनी प्रदेशका ८१ प्रदेशसभा सदस्यमध्ये एमाले ३७, माओवादी १९, कांग्रेस १९, जसपा ४, एकीकृत समाजवादी १ र जनमोर्चाका १ हुनुहुन्छ। प्रदेशसभा सदस्यको संख्याअनुसार लुम्बिनीमा एमाले भन्दा गठबन्धनको मतभार तीन सय ९६ बढी छ।

लुम्बिनीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना छन्। जसअनुसार लुम्बिनीमा सात हजार सात सय ५८ मतभार देखिन्छ। निर्वाचन अधिकृत मीनराज भट्टराईका अनुसार सङ्क्रमित रहेको उम्मेद्वारका लागि छुट्टै मतपेटिका तयार गरिएको छ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत मिनराज भट्टराईका अनुसार बुधबारसम्म कुनै पनि दलले सङ्क्रमित उम्मेदवारको बारेमा जानकारी गराएका छैनन्।

बुधबार निर्वाचन सहजरुपमा सम्पन्न गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिएको छ। लु्म्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे अवधि सकिन लागेको छ। उहाँहरुको कार्यकाल सकिएपछि रिक्त स्थानका लागि मतदान हुन लागेको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?