logo
२०८० चैत्र १५ बिहीवार



प्रधानन्यायाधीश जबराले तोक्नुभयो ११ इजलास, अन्य न्यायाधीश छलफलमा

मुख्य समाचार |


प्रधानन्यायाधीश जबराले तोक्नुभयो ११ इजलास, अन्य न्यायाधीश छलफलमा


काठमाडौं, कात्तिक १० गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि ११ वटा इजलास तोक्नुभएको छ । बुधबार प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासहितको पेशी तोक्नुभएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि सोमबार र मङगलबार न्यायाधीशहरुले पेशी बहिष्कार गर्नुभएको थियो । न्यायाधीशहरुले पेशी बहिष्कार गरिरहनुहुँदा प्रधानन्यायाधीश जबराले आज आफू मात्रै रहने पूर्ण इजलासमा पेशी तोक्नुभएको हो ।

जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहनुभएको छ ।

संवैधानिक इजलासमा एउटा मात्रै मुद्दा पेशीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन संवैधानिक इजलासको पेशीमा छ ।

यद्यपि आज पनि पेशी बहिष्कार गर्ने गरी बुधबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु आन्तरिक छलफलमा जुट्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?