logo
२०८० चैत्र १५ बिहीवार



गोरखाका नौ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व चयन

खुला |
प्रदेश |


गोरखाका नौ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व चयन
नेकपा एमाले सिरानचोक गाउँपालिकाको अधिवेशन सकिएपछि सामूहिक फोटो खिचाउँदै । तस्बिर - नरेन्द्र ढकाल



नरेन्द्र ढकाल
गोरखा, कार्तिक १० गते । चुमनुब्री र शहीद लखन गाउँपालिका बाहेक नौ वटा स्थानीय तहमा नेकपा एमालेको अधिवेशन सम्मन्न भएको छ । मंगलबार भएको गाउँ÷नगर अघिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो । ‘शहीद लखनमा ११ गते अधिवेशन हुन्छ, चुमनुब्रीमा तत्काल अधिवेशन गर्न सम्भव भएन,’ उहाँले भन्नुभयो, ‘अन्य नौ वटामा भने सर्वसम्वत रुपमा नेतृत्व चयन भएको छ ।’

संघीयतापछिको पहिलो अधिवेशनले गोरखा नगरपालिकाको अध्यक्षतामा ७५ सदस्सीय देविबहादुर बस्नेतलाई चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिवमा शम्भु थापा, उपसचिवमा कृष्णबहादुर नेपाली र मानबहादुर राना मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी, पालुङटार नगर कमिटीको जिम्मेवारी वसन्त श्रेष्ठले पाउनुभएको छ । उक्त कमिटिको उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा प्रकाश न्यौपाने, उपसचिव राममाया राना र नारायण बराकोटीसहित ७० सदस्यीय नगर कमिटी निर्विरोध चयन भएको छ । बाँकी पाँच जना पछि मनोनीत गर्ने बताइएको छ ।
नेकपा एमाले सिरानचोकको अध्यक्षमा भने विराज गुरुङ चुनिनुभएको छ । ४५ सदस्सीय गाउँको उपाध्यक्षमा मोहन शाही, सचिवमा ज्ञानराज गुरुङ, उपसचिवमा शिव पोखरेल, गंगा बिक निर्विरोध घोषित हुनुभएको छ ।

उता, अजिरकोट गाउँपालिकामा लिलाबहादुर सुनारको अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा सिंहबहादुर तामाङ, सचिवमा शर्मिला तामाङ, उपसचिवमा शेरबहादुर गुरुङ र कमल भट्ट चयन हुनुभएको छ । त्यस्तै, बारपाक सुलिकोट गाउँकमिटीको अध्यक्षमा हरि बस्नेत चयन हुनुभएको छ । उक्त गाउँ कमिटीको उपाध्यक्षको जिम्मेवारी खेमजंग घले, सचिवमा सुजन गुरुङ उपसचिव र हरिकुमार श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । त्यहाँ ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ । एक उपसचिवसहित बाँकी सदस्य बैठकले नै मनोनित गर्ने सहमति भएको जनाएको छ ।

भीमसेन थापा गाउँपालिकामा ४९ सदस्सीय गाउँ कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । जसको अध्यक्षमा सुजन सिंखडा, उपाध्यक्षमा नवराज पोखरेल, सचिवमा हरि सिंखडा, उपसचिवमा नीलप्रसाद खनाल, कमला भट्ट रहनुभएको छ ।

गण्डकी गाउँ कमिटीको जिम्मेवारी विष्णु पन्तले पाउनुभएको छ । त्यहाँ इन्द्रबहादुर विक उपाध्यक्ष, भीमलाल श्रेष्ठ सचिव, विमला चेपाङ र मदन पाण्ड उपसचिव हुनुभएको छ । धार्चेमा सुकबहादुर घले (यार्सा) नेकपा एमाले धार्चे गाउँपालिकाको अध्यक्षमा सर्वसम्मतले चयन हुनुभएको छ । एमालेका नेता कार्यकर्ताको भेलाले ७० सदस्य गाउँ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा धनकुमार घले, सचिवमा राम गुरुङ, उपसचिवमा रमेश गुरुङ र वीरबहादुर गुरुङ चुनिएको मदन गुरुङले जानकारी दिनुभयो ।

नेकपा एमाले गोरखाले चुमनुब्री बाहेकका सबै स्थानीय तहको वडा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी प्रदेश, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशन पछि हुने जिल्ला कमिटी अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘अब हामी केन्द्रीय महाधिवेशन प्रतिनिधि छनाेटतर्फ लाग्नेछौं,’ उहाँले भन्नुभयो, ‘बाँकी अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुनेछ । एमालेको १० औं महाधिवेशन मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?