logo
२०८० चैत्र १५ बिहीवार



बागमतीमा वृद्धि गरिएकाे भाडादर आजबाट लागू, चढ्नसाथ १८ रुपियाँ

खुला |


बागमतीमा वृद्धि गरिएकाे भाडादर आजबाट लागू, चढ्नसाथ १८ रुपियाँ


काठमाडौं, कात्तिक १ गते । सार्वजनिक सवारी साधनमा बृद्धि गरेको भाडादर बागमती प्रदेशमा आज सोमबारदेखि लागु भएको छ । बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गते देखि लागु हुने गरी २३ प्रतिशत भाडादर थप गरी नयाँ भाडादर समायोजन गरेको छ ।

प्रदेश सरकारले बृद्धि गरेको भाडादर अनुसार अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म सार्वजनिक यातायात चढ्नासाथ १८ रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागको अनुरोधमा २०७५ सालपछि प्रदेश अन्तर्गत पहिलो पटक भाडादर समायोजन गरेको मन्त्रालयले जनाएको छ । बृद्धि गरेको भाडादरअनुसार १० किलोमिटरसम्म २३ रुपियाँ, १५ किलोमिटरसम्म २७ रुपियाँ, २० किलोमिटरसम्म ३० रुपियाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपियाँ भाडा लाग्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिनुभयो ।

डिलक्स सुविधाको अनुमति लिएका गाडीहरुले भने २० प्रतिशतसम्म भाडादर बढी लिन पाउनेछन् । यात्रुले तोकिएको भाडादरसँगै सामग्रीहरु बोकेमा १५ केजीसम्म निःशुल्क र त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपियाँका दरले सामग्री लैजान पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?