logo
२०८१ बैशाख १३ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?
 वि.सं. २०७८ भदौ १ गते
– सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको ।
– भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको ।
– उक्त सङ्ग्रहालयमा न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको ।

२. नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल राजनीतिकर्मी को हुनुहुन्छ ?
 अष्टलक्ष्मी शाक्य
(नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको ।)

३. सार्वजनिक यातायातलाई नियमन गर्ने उद्देश्यका साथ अनलाइन मनिटरिङ सिस्टम कहिलेदेखि लागू गरिएको हो ?
 वि.सं. २०७७ मङ्सिर ४

४. १२ वटा अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराई विश्व कीर्तिमान कायम गर्ने नेपाली सर्जक को हुन् ?
 डा. डीआर उपाध्याय

५. वि.सं. २०७७ फागुनमा नगरविकास कोषद्वारा सार्वजनिक प्रतिवेदनअनुसार आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट बन्न सफल नगरपालिका कुन हो ?
 लालबन्दी नगरपालिका (सर्लाही)

६. गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनको आयोजना कहिले हुने भएको छ ?
 वि.सं. २०७८ कात्तिक ६–८ (काठमाडौँ)
– नेपाल सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल एवं पहुँचबाट नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई प्राथमिकता दिएको ।
– हरेक दुई वर्षको अन्तरालमा हुँदै आएको सम्मेलनको समन्वय परराष्ट्र मन्त्रालयले गर्दै आएको ।
– सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली आफ्नो मातृभूमिमा जम्मा हुने गर्छन्, जहाँ विश्वमा नेपालीको पहिचान उच्च बनाउन आवश्यक नयाँ कार्यदिशाको खोजी गरिने साथै सङ्घको सुधार र परिमार्जनसँगै नयाँ नेतृत्वको चयन हुने गर्छ ।

७. कोरोना सङ्क्रमण उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा हालै सिफारिस गरिएको नयाँ औषधि कुन हो ?
 इन्टरलेउकिन–६ (आईएल–६)
– डब्लुएचओले सन् २०२१ जुलाई ६ मा यो औषधि सिफारिस गरेको ।
– प्रतिरक्षा बढाउन यो औषधि प्रभावकारी हुने विश्वास गरिएको ।

८. वल्र्ड हेल्थ अवार्ड २०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
 डा. पशुपति महत र डा. अरूणराज कुँवर

९. पुनर्निर्मित धरहराको उद्घाटन कहिले गरिएको हो ?
 वि.सं. २०७८ वैशाख ११
– नवनिर्मित धरहरा जमिनको सतहबाट गजुरसम्म ८३.८५ मिटर अग्लो रहेको ।
– बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहरामा भित्र २२ तला रहेको ।
– ४२.२ रोपनी क्षेत्रफलमा निर्मित यस धरहराको २० औँ तलामा बार्दली एवं २२ औँ तलामा शिवलिङ्ग रहेको ।
– मुगल शैलीमा निर्मित यस धरहराको डिजाइन विष्णु पन्थीले गरेका ।
– धरहराको पुरानो नाम मिनार रहेको ।
– पुरानो धरहराको निर्माण भीमसेन थापाद्वारा भएको ।
– पुनः निर्मित धरहराको शिलान्यास वि.सं. २०७५ पुस १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको । धरहरा निर्माणका लागि वि.सं. २०७२ फागुन ४ मा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा (तत्कालीन प्रम केपी शर्मा ओलीद्वारा) गरिएको ।

१०. नेपालका सरकारी सञ्चार माध्यमहरूको परिवर्तित नारा के हो ?
 समद्धिका लागि सञ्चार
– यसअघिको नारा ‘विकासका लागि सञ्चार’ रहेको ।
– नेपालका सरकारी सञ्चार माध्यमका रूपमा नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्र रहेका ।

११. देशमा सबैभन्दा पहिले स्थापित लिक्विड अक्सिजन प्लान्ट कहाँ रहेको छ ?
 सिमरहवा (रूपन्देही)
– यसको उद्घाटन वि.सं. २०७८ जेठ ३० मा भएको ।
– यस प्लान्टमा दैनिक ६० मेट्रिकटन अक्सिजन उत्पादन हुने ।

१२. नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?
 कल्पना शर्मा

१३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?
 मार्च २४
(सन् २०२१ को नारा : सङ्केत समयको क्षयरोग अन्त्यको (त्जभ अयिअप ष्क त्ष्अपष्लिन)

१४. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
 जेठ १६
– वि.सं. २०७८ जेठ १६ मा ‘महिलाको सुरक्षा र अधिकारः सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार’ नाराका साथ तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको ।
– महिलाको हक अधिकार सम्बन्धमा प्रतिनिधि सभामा पेस भएको प्रस्ताव वि.सं. २०६३ जेठ १६ मा तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ का दिन यो दिवस मनाउन सुरु गरिएको ।
– लैङ्गिक समानता, महिला अधिकार, सशक्तीकरण र हिंसा न्यूनीकरण, आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्ने विषय, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरामा ध्यान दिई कम्तीमा एकतिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी, विभेदकारी कानुनको खारेजी एवं महिलाप्रति हुने हिंसाको अन्त्यसम्बन्धी विषय सो प्रस्तावमा समेटिएको ।

१५. आ.व. २०७८/७९ को बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता कति पु-याइएको छ ?
 रु. चार हजार
– आ.व. २०७६/७७ को बजेटले सो भत्ता दुई हजार रुपियाँबाट तीन हजार रुपियाँ पु¥याएको थियो ।
– हाल ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक भत्ता दिने गरिन्छ ।
– आ.व. २०५१/५२ देखि ज्येष्ठ नागरिक भत्ता प्रदान गर्न थालिएको । सुरुआतमा ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक एक सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरिएको ।

१६. साहित्यकार डा. वानीरा गिरिको निधन कहिले भएको हो ?
 वि.सं. २०७८ जेठ ९
– (डा. गिरिका कारागार (उपन्यास), शब्दातीत सान्तनु (उपन्यास), एउटा अर्को जङ्गबहादुर (कविता सङ्ग्रह) लगायतका चर्चित कृति प्रकाशित छन् ।)

१७. सर्वोच्च अदालतले पातलो प्लास्टिक (४० माक्रोनभन्दा कम) को झोलाको प्रयोग पूर्ण रूपले प्रतिबन्ध लगाउने घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई ६ बुँदे आदेश कहिले जारी गरेको हो ?
 वि.सं. २०७८ साउन २८

१८. साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी कहिलेदेखि हटाएको हो ?
 सन् २०२१ जनवरी ५
– (साउदी अरबद्वारा ३ वर्षअघि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।)

१९. २००७ सालअघि नेपालको कति राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम भएको थियो ?
 चार (बेलायत, अमेरिका, भारत र फ्रान्स)

२०. विश्वकै अग्लो होटल कहाँ खुलेको छ ?
 चीन (जे होटल)
– चीनको साङ्घाइमा निर्मित सो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।
– होटलको उचाइ ६३२ मिटर रहेको ।

२१. विश्वमा सबैभन्दा धेरै शरणार्थी हुन बाध्य भएको देश कुन हो ?
 सिरिया

२२. विश्व कछुवा दिवस कहिले मनाइन्छ ?
 मे २३

२३. नेपालको इतिहासमा पहिलो दलित सचिव बन्न सफल व्यक्ति को हुनुहुन्छ ?
 डा. मानबहादुर वि.क.

२४. दश हजार किशोरी र महिलालाई डिजिटल साक्षरता एवं वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्य अनुरूप ‘स्मार्ट छोरी’ नामक अभियान कहिले सुरु गरिएको हो ?
 वि.सं. २०७५ फागुन ११

२५. कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?
 वि.संं २०७७ माघ ७

२६. जनकपुर–जयनगर रेल–वेमा रेल सेवा पुनः सञ्चालन कहिलेदेखि भएको हो ?
 वि.सं. २०७७ असोज ३ (२ वटा रेलबाट सेवा सञ्चालन भएको ।)

२७. चिया श्रमिकको सम्मानमा प्रतिमाको निर्माण कहाँ गरिएको छ ?
 इलाम (अनावरणः वि.सं. २०७७ मङ्सिर २५)

२८. संयुक्तराष्ट्र सङ्घले कुन वर्षलाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ?
 सन् २०२१

२९. दार्चुला जिल्लाको कालापानी सीमाक्षेत्र (व्यास गाउँपालिका–१, छाङरु) मा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा चौकी (बिओपी) को स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७७ वैशाख ३१

३०. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
 कुथेर अधिकरण
प्रस्तुतकर्ता : टङ्क के.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?