logo
२०८१ बैशाख ७ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार–२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
 डा. सुदीप श्रेष्ठ
– नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबासायी फाउन्डेसनले डा. श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको ।
– थाइल्यान्डका डा. अरूनी देचाफुनकुल र हङकङका प्रा.डा. टोनी मोक पनि सो पुरस्कारबाट सम्मानित भएका ।
– पुरस्कारको राशि पाँच लाख जापानीयन रहेको ।

२. विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?
 कविता राई (भोजपुर), (कविता ः देशको नक्सा)
– नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा राईको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको ।
– त्यसैगरी, अमृता स्मृति (धादिङ)को कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय र सविता बराल (ताप्लेजुङ)को कविता ‘आमा म आएँ अब’, निरञ्जनाकुमारी चन्द (बर्दिया)को कविता ‘युगीन प्रतिध्वनि’ र प्रकाश सिलवाल (नुवाकोट)को कविता ‘वोधिसत्वको खोप’ तृतीय भएका ।
– प्रथम द्वितीय र तृतीय हुने कविकवयित्रीलाई क्रमशः ५० हजार, ४० हजार र ३०÷३० हजार रुपियाँ नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिएको । महोत्सवमा प्रतियोगिताका लागि नेपालसहित नौ मुलुकका ७६४ जना कविकवयित्रीका कविता प्राप्त भएकामा ४१ जनाको कविता वाचनका लागि छनोट गरिएको ।
– विसं २०२२ देखि नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको ।
– प्रतिष्ठानको प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम भएका ।

३. दोस्रो लहरको कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान कहिलेदेखि खुला गर्ने निर्णय गरियो ?
 अन्तर्राष्ट्रिय उडान ः विसं २०७८ असार १० र आन्तरिक उडान विसं २०७८ असार १७ ।

४. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
 जुन २१ ।
(यो दिवस सन् २०१५ देखि मनाउन थालिएको ।)

५. मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
 कान ।
(सबैभन्दा लामो हाड ः तिघ्रा)

६. नेपालमा पाइने गुराँसको प्रकार कति रहेको छ ?
 ३२ ।

७. आइफेल टावरका डिजाइनर को हुन् ?
 अलेक्जेन्डर गुस्ताफ आइफेल ।

८. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
 दोहोरो कर मुक्ति सम्झौता ।
(एक आय वर्षमा आफू बासिन्दा रहेको देशमा बसोवासका आधारमा तथा लगानी गरेको देशमा आयस्रोतका आधारमा कर तिर्नुपर्ने हुन सक्छ । यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।)

९. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?
 मेघौली, चितवन ।

१०. चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?
 ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।
(चार उपवेद ः धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद)

११. सबैभन्दा पहिले दौत्यसम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
 मलेसिया (सन् १९६० जनवरी १)

१२. पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
 सन् १९२१ ।
– पेनको पूरा रूप एयभतक, भ्ककबथष्कतक बलम ल्यखभष्कितक रहको ।
– यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका ।
– यसको मुख्यालय लन्डनमा रहेको ।
– यस संस्थाले लेखकहरूबीच सहयोग र सामिप्यता बढाउने कार्य गर्ने ।

१३. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
 सन् १९७२ ।
– पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्वीलर र मौरिन ह्वीलर रहेका ।
– हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइड बुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण गर्ने ।
– यसको मुख्यालय अस्ट्रेलियाको मेलवर्न (शाखा कार्यालय : लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको ।

१४. नेपालमा ओलम्पिक सङ्ग्रहालय कहाँ रहेको छ ?
 त्रिपुरेश्वर (काठमाडौँ) ।

१५. दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?
 २ । (बोलिभिया र पाराग्वे) ।

१६. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?
 विसं १९०८ ।
– राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका ।
– प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनिएको ।
– यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको ।

१७. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?
 रोल्ड एमन्डसेन, नर्वे ।

१८. गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?
 २१ ।

१९. सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
 पोखरा महानगरपालिका (३३ वडा) ।

२०. ‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?
 विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) ।
– योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।
– मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।
– राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने ।

२१. स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको हो ?
 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ।

२२. सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?
 ३ (नेपाल, भुटान र अफगानिस्तान) ।

२३. नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?
 विसं २०१८ चैत २

२४. मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?
 विसं २०७६ भदौ २४ ।
– करिब दुई दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाले साकार रूप लिएको । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा गरिएको । प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्सन रुम’बाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँदिल्लीस्थित हैदरावाद भवनबाट ‘हाइटेक’ प्रविधिबाट स्वीच थिचेर उक्त पाइपलाइन परियोजनाको उद्घाटन गरिएको ।
– पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने ।
– मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित डिपोसम्मको ३६.२८ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको । भारत विहारको पट्नादेखि अमलेखगन्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको ।
– नेपालमा खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखन्जबाट आपूर्ति हुँदै आएको ।
– यस परियोजनाको सुरुवातसँगै भारतबाट नेपालमा हुने गरेको पेट्रोलियम पदार्थ ढुवानीमा समयको बचत, सवारी यातायातमा कमी तथा वायु प्रदूषण कम हुने विश्वास गरिएको ।
– पाइपलाइनको नेपालतर्फको करिब ३६.२८ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको ।

२५. ‘अर्थ वाच’ भनेको के हो ?
 विश्वका विभिन्न मुलुकको वातावरणसम्बन्धी खोज अनुसन्धान कार्यमा सहयोग पु¥याउँदै आएको एक गैरसरकारी संस्था ।

२६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा राखिएको छ ।

२७. राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?
 २७ ।

२८. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
 प्लेटिपस ।

२९. सबैभन्दा लामो दिन कहिले हुन्छ ?
 २१ जुन ।
(सबैभन्दा छोटो दिन ः डिसेम्बर २२) ।

३०. कुन ग्रहलाई ‘किङ अफ द प्लानेट’ भनी चिनिन्छ ?
 वृहस्पति ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?