logo
२०८० चैत्र १५ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?
 असार १ ।
– यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको ।
– कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।
– सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।
– खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको ।
– कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)
– प्रदेश १ ः रु. ३२ अर्ब ४६ करोड ९२ लाख
– प्रदेश २ ः रु. ३३ अर्ब ७९ करोड १४ लाख
– बागमती प्रदेश ः रु. ५७ अर्ब ७२ करोड ९ लाख
– गण्डकी प्रदेश ः रु. ३० अर्ब ३ करोड ९४ लाख
– लुम्बिनी प्रदेश ः रु. ४० अर्ब ९५ करोड
९७ लाख
– कर्णाली प्रदेश ः रु. ३६ अर्ब ५४ करोड ६६ लाख
– सुदूरपश्चिम प्रदेश ः रु. ३० अर्ब ३३ करोड ९४ लाख

२. नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?
 विसं २०७८ जेठ ९

३. चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्नका लागि प्रस्तावना दर्ता गर्नेसम्बन्धमा के व्यवस्था गरिएको छ ?
 नेपालमै दर्ता गर्न पाउने ।
– सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको ।
– यो व्यवस्थाले नेपालमा वर्षाैंदेखि हुँदै आएका अनुसन्धानको प्रस्तावना दर्ता विदेशी संस्थामा गर्नुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्य भएको ।

४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
 मे १२ ।
– यस वर्ष (सन् २०२१) को नारा ‘नर्स :अ भ्वाइस टु लिड : अ भिजन फर फ्युचर हेल्थ केयर’ रहेको ।
– मानवताकी पुजारी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा उनको जन्मदिनका अवसरमा हरेक वर्ष यो दिवस मनाउने गरिएको ।

५. नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

 डा. राजेन्द्र प्रसाद (भारत) ।

६. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
 विसं २०६५ वैशाख २२ ।
(सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको ।

७. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ वैशाख ३१ मा सार्वजनिक प्रादेशिक अर्थतन्त्रसम्बन्धी विवरणअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?
 ३७.७ प्रतिशत (रु. १६ खर्ब सात अर्ब) ।
– आव २०७७÷०७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ उत्पादन) मा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने अनुमान विभागको रहेको,
– त्यस्तै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत (एक खर्ब ७२ अर्ब) रहने अनुमान ।
– आव २०७६/७७ मा जस्तै आव २०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका ।

८. राजपरिषद्को खारेजी कहिले भएको हो ?
 विसं २०६३ जेठ ४ ।

९. हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?
 सन् १९८२ नेपाल ।

१०. नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?
 विसं २०६३ साउन (एक रुपियाँको सिक्का) ।

११. आव २०७७/७८ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर कुन प्रदेशको रहने अनुमान छ ?
 बागमती प्रदेश (४.७ प्रतिशत) ।
सात प्रदेशको आर्थिक वृद्धिदर (आव २०७७/७८, अनुमानित)
– प्रदेश १ ः ३.६ प्रतिशत
– प्रदेश २ ः ३.५ प्रतिशत
– बागमती प्रदेश ः ४.७ प्रतिशत
– गण्डकी प्रदेश ः ३.६ प्रतिशत
– लुम्बिनी प्रदेश ः ३.९ प्रतिशत
– कर्णाली प्रदेश ः ३.६ प्रतिशत
– सुदूरपश्चिम प्रदेश ः ३.४ प्रतिशत

१२. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
 काठमाडौँ रेजर्स (उपविजेता ः धनगढी एफसी)
(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका ।)

१३. नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?
 धरान उपमहानगरपालिका ।

१४. नेपाल सरकारद्वारा नेपाल संवत्लाई राष्ट्रिय मान्यता कहिले प्रदान गरिएको हो ?
 विसं २०६५ कात्तिक ८ ।

१५. नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
 विसं २०६३ पुस १५ ।

१६. एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?
 विसं २०६२ ।

१७. स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
 धारा २१७ ।
(संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरूपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने प्रावधान रहेको ।)

१८. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
 उत्तरी गोलाद्र्ध ।

१९. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
 चितवन राष्ट्रिय निकुञ्ज

२०. नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?
 विसं २०६३ जेठ १३, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा ।

२१. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।
– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।

२. राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
 पानफुल ।

२३. नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०२७ ।
(विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको ।)

२४. एसियाली राष्ट्रहरू जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
 सन् २००६ नोभेम्बर १० ।

२५. कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?
 मुलुकी ऐन–२०२० ।

२६. नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
 जुम्ला (२०७८ वैशाख) ।
– एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण गरिएको । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका ।
– बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकैपटक रोप्ने अभियान सुरु गरिएको ।

२७. ‘प्रोक्सिमा बी’ के हो ?
 पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

२८. हनुमानढोका दरबार कसले बनाउन लगाएका हुन् ?
 प्रताप मल्ल ।

२९. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवाद समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?
 सन् २०१७ अगस्ट ।

३०. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?
 इब्राहिम राइसी (सन् २०२१ जुन)
– इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका ।
– इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी विजयी बनेका ।
– सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको आरोप उनीमाथि रहेको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?