logo
२०८१ बैशाख १३ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. हरित् विकास र विश्वव्यापी लक्ष्य २०३० का लागि साझेदारी (पीफोरजी) सियोल शिखर सम्मेलन कहिले सम्पन्न भयो ?
 सन् २०२१ मे ३०–३१ ।
– गणतन्त्र कोरियामा आयोजित कार्बन तटस्थताका लागि हरित् पुनः प्राप्ति विषयक भर्चुअल शिखर सम्मेलनमा ४० भन्दा बढी मुलुकका राज्य तथा सरकार प्रमुख, २१ अन्तर्राष्ट्रिय सङ्गठनका नेता, शिक्षा क्षेत्र, नागरिक समाज, व्यावसायिक समुदायका प्रतिनिधिको सहभागिता रहेको ।
– शिखर सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी वैश्विक सामूहिक कार्यलाई गति दिन बेलायतमा हुने कोप–२६ सम्मेलनका लागि आधार तयार गर्ने जनाइएको ।
– सम्मेलनमा मे ३० का दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०५० सम्ममा कार्बन तटस्थ मुलुक बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको ।

२. चीनमा एक दम्पतीलाई तीन सन्तानसम्म जन्माउन पाउने नीति कहिले बन्यो ?
 सन् २०२१ मे ३१ ।
– यसअघिको दुईजनासम्म बच्चा जन्माउन पाउने नीति परिवर्तन गर्दै अब एक दम्पतीले तीनजनासम्म सन्तान जन्माउन पाउने नीति सरकारले ल्याएको ।
– राष्ट्रपति सी चिन फिङद्वारा मे ३१ को पोलिटव्युरो बैठकमा उक्त नीतिलाई स्वीकृति दिइएको ।
– दस वर्षयता जनसंख्या वृद्धिदर ह्वात्तै कम भएपछि राष्ट्रपति सी नेतृत्वको सरकारले जनसङ्ख्या बढाउन नयाँ नीति ल्याएको ।
– चीनमा पछिल्लो वर्ष एक करोड २० लाखमात्रै बच्चा जन्मिएका थिए । सन् २०१६ मा एक करोड ८० लाख बच्चा जन्मिएका थिए । यस वर्षको जन्मदर सन् १९६० यताकै सबैभन्दा कम भएको जनाइएको ।
– चीनमा सन् १९८० देखि २०१५ सम्म एक दम्पतीले एकजना सन्तानमात्रै जन्माउने नीति लागू थियो । सन् २०१६ मा दुई सन्तानसम्म जन्माउन पाउने नीति लागू भयो ।

३. चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?
 जेठ ७ ।
– चलचित्र पत्रकार सङ्घ नेपालले २०७८ जेठ ७ गते सङ्घको २२औँ स्थापना दिवस तथा १९औँ चलचित्र पत्रकारिता दिवस मनाएको ।
– सङ्घ दर्ता भएको दिनलाई आधार मानेर हरेक वर्ष जेठ ७ मा यो दिवस मनाउँदै आइएको ।

४. विष्णुमती नदी मुहानसम्बन्धी तीर्थलाई के भनी चिनिन्छ ?
 सपनतीर्थ ।

५. नेपालमा राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
 जेठ १६ ।

६. यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कुन आधारमा गरिने भएको छ ?
 विद्यालयको आन्तरिक मूल्याङ्कनबाट ।
– (कोभिड १९ महामारीका कारण एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनबाट गरिने भएको । कोभिड–१९ महामारीकै कारण गत वर्षको एसईई परीक्षा पनि विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै गरिएको ।)

७. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना कहिले भएको हो ?
 विक्रम संवत् २०६२ ।
– (प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलोपटक विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको ।)

८. भूउपग्रहबाट पहिलोपटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?
 मुस्ताङ ।

९. नेपाल सहायता समूहको गठन कहिले भएको हो ?
 सन् १९७६ ।

१०. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?
 पिगन ।

११. नेपालमा विद्युत् सङ्केतबाट ट्राफिक नियन्त्रण गर्न कहिलेदेखि थालिएको हो ?
 विसं २०२३ ।

१२. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?
 विसं २०६१ माघ ४, वीरगन्ज ।

१३. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?
 जेठ १५ ।
– (संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको ।)

१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले भएको हो ?
 विसं २०७७ चैत ९–१० (सन् २०२१ मार्च
२२–२३) ।

१५. मन्त्रिपरिषद्को २०७८ जेठ १० को बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त ग¥यो ?
 बालानन्द शर्मा (नेपाली सेनाका पूर्वरथी) ।

१६. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?
 खेल पत्रकार कमल खत्री (पुरस्कार राशि रु. ५० हजार) ।

१७. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?
 चितवन राष्ट्रिय निकुञ्ज ।

१८. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 १७१औँ ।
– नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।

१९. नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?
 सुब्बा कृष्णलाल अधिकारी ।

२०. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?
 सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

२१. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ छ ?
 साङ्घाइ (चीन) ।

२२. नेपालमा प्रमुख जिल्ला अधिकारीको नियुक्ति कहिलेदेखि सुरु भएको हो ?
 विसं २०२२ पुस १ ।

२३. सरकारी कार्यालयका साइनबोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?
 विसं २०१८ जेठ ९ ।

२४. सर्वप्रथम मूल्य अभिवृद्धि कर लागू गर्ने देश कुन हो ?
 फ्रान्स (सन् १९५४ देखि) ।

२५. नेपालको सबैभन्दा उच्च स्थानबाट बगेको अरूण नदीलाई अर्को के नामले चिनिन्छ ?
 फुङ्चु ।

२६. मनोवैज्ञानिक चिकित्सा प्रणालीका जन्मदाता को हुन् ?
 सिग्मन्ड फ्रायड ।

२७. भारतमा बापु भन्नाले महात्मा गान्धीलाई चिनिन्छ भने नेताजी भन्नाले कसलाई चिनिन्छ ?
 सुवासचन्द्र बोस ।

२८. नेपालमा हायू जातिको मुख्य बसोवास कहाँ रहेको छ ?
 रामेछाप र सिन्धुली ।

२९. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
 माल्दिभ्स ।
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

३०. बीमा समितिबाट हालै सञ्चालन अनुमति प्राप्त गरेको पुनर्बीमा कम्पनी कुन हो ?
 हिमालयन रि–इन्स्योरेन्स कम्पनी । 

प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?