logo
२०८० चैत्र १६ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानको निधन कहिले भएको हो ?
 विक्रम संवत् २०७८ वैशाख २३ ।
विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानलाई नेपाली साङ्गीतिक क्षेत्रमा ‘गोल्डन भ्वाइस’ उपनामले पनि चिनिने ।
१६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौँलगायतका दर्जनौँ गीत चर्चित छन् ।

२. नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले चयन हुनुभएको हो ?
 विसं २०७८ वैशाख ३० ।
संविधानको धारा ७६ (२) अनुसारको गठबन्धन सरकार निर्माणको प्रयास असफल भएपछि प्रतिनिधिसभाकोे सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा (संविधानको धारा ७६ (३) अनुसार) उहाँ पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको । विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानअनुसार २०७८ वैशाख २७ गते स्वतः पदमुक्त हुनुभएका एमाले अध्यक्ष ओली तेस्रो दिनमा पुनः प्रधानमन्त्री चयन हुनुभएको । उहाँले वैशाख ३१ मा पद तथा गोपनीपताको शपथग्रहण गर्नुभएको ।
नेपालको संविधान जारी भएपछि उहाँ पहिलोपटक र सङ्घीय संसद्को निर्वाचनपछि दोस्रोपटक प्रधानमन्त्री चयन हुनुभएको थियो ।

३. ‘इकोनोमिक अर्लिवार्निङ सिष्टम’ भन्नाले के बुझिन्छ ?
 वित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित वित्तीय सङ्कटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सुरुवात गर्न थालिएको पद्धति
(राष्ट्रिय योजना आयोगमातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भइरहने उतारचढाव र त्यसले नेपालमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनुपर्ने उपाय सरकारलाई सिफारिस गर्ने ।)

४. नेपालमा पहिलो राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइएको हो ?
 विसं २०७३ वैशाख २४ ।
गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले विसं २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउन थालेको ।
विसं १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा ‘गोरखापत्र’ को प्रकाशन सुरु भएको । सुरुमा साप्ताहिक रूपमा प्रकाशित यो अखबार हप्तामा दुईपटक, तीनपटक हुँदै विसं २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको ।
नेपालमा फोेटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै हो । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको थियो ।
गोरखापत्र २०५९ असार १० गतेबाट रङ्गीन कलेबरमा छापिन थालेको ।
विसं २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र (मातृभाषा) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएको ।
राष्ट्रिय पत्रकारिता दिवसको घोषणापश्चात् गोरखापत्र संस्थानले २०७३ मा पहिलोपटक ५५ हजार ५५५ रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेको ।

५. प्रथम विश्वयुद्ध कहिले अन्त्य भएको थियो ?
 सन् १९१८ नोभेम्बर ११ ।
(मानव सभ्यतामाथि चुनौती दिँदै विश्वभर विध्वंश मच्चाएको पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८ मा सुरु भएको थियो ।)

६. स्वीट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फूलका प्रकार हुन् ?
 सयपत्री ।

७. अमलेखगन्जको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकि नगरको पुरानो नाम के हो ?
 भैसालोटन ।

८. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?
 परिभ्रमण ।
(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)

९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?
 २५–४० किमि ।

१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
 मेकियाबेली ।

११. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि) ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?
 हिमोढ ताल ।

१२. काठमाडौँमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनले सहयोगका क्षेत्र कति कायम गर्ने निर्णय गरेको छ ?
 १६ वटा
(चाँैथो सम्मेलनले सहयोगका २ क्षेत्र थप गरी १६ कायम गरेको ।)

१३. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
 मन्त्रिपरिषद् ।

१४. आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्त (नीड थ्यौरी)का प्रतिपादक को हुुन् ?
 अब्राहम मास्लो ।

१५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
 स्थिति शक्ति (पोटेन्सियल इनर्जी) ।
(तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।)

१६. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 सन् १९०१ ।
– अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
– नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने ।
– यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्ने ।

१७. सबैभन्दा बढी उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?
 लियोनिङ हरविक्ज (सन् २००७, अर्थशास्त्र) ।
(सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने :मलाला युसुफ जाई, सन् २०१४) ।

१८. दोर्दीखोला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?
 २७ मेगावाट (लमजुङ) ।
(सो जलविद्युत् आयोजनाको प्रारम्भिक परीक्षण २०७८ वैशाखमा सुरु गरिएको । आर्थिक वर्ष २०७७/०७८ भित्रै विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको ।)

१९. विसं २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?
 विसं २०७२–२०८७ ।

२०. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
 वि.सं २००२ जनवरी १ ।


२१. चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ ?
 वस्तुमा हुने चालका कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति
(बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।)

२२. छोरीलाई दाइजोका रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?
 चेपाङ ।
(चिउरीको बियाँ माछा मार्न उपयोग हुने साथै बियाँ पेलेर घिउ पनि निकाल्न सकिने हुँदा बिहेपछि छोरीले चिउरीको घिउ र माछा, मासु खान पाओस् भन्ने विश्वासका साथ ।)

२३. नेटुवा जातिको बसोवास कहाँ रहेको छ ?
 कपिलवस्तुको शुद्धोधनमा ।
– विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा तीन सयजनाको हाराहारीमा नेटुवा जातिको बसोवास रहेको ।
– यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका ।

२४. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
 कमान्डरी किताबखाना ।

२५. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?
 देवघाट ।

२६. विभिन्न किसिमका जीवजन्तु, पशुपक्षी, कीटपतङ्गको वासस्थानका लागि सिम, घोल, पोखरी, नदीकिनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?
 सिमसार ।

२७. नेपाल राष्ट्र बैङ्कले नेपाल सरकार लेखिएको पहिलो नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ?
 विसं २०६३ असोज ६ (रु. ५ को नोट) ।

२८. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ?
 विसं २०६६ मङ्सिर १ गते ।
(यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो ।)

२९. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको राष्ट्र कुन हो ?
 फ्रान्स (सन् १९८३ मे २) ।

३०. मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो ?
 लेबनान ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?