logo
२०८१ बैशाख ८ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउनेसम्बन्धी निर्णय कहिले गरेको हो ?
 विक्रम संवत् २०७७ चैत ९ ।
– नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सो सेवा उपलब्ध गराउने निर्णयसँगै नेपाली आकाशमा विदेशी एयरलायन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका ।
– अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलायन्सले सो सुविधा प्राप्त गर्ने ।
– नेपालका आन्तरिक वायुसेवाप्रदायकले भने यस्तो सुविधा उपलब्ध गराउन पाउने छैनन् ।
– दूर सञ्चार प्राविधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलायन्सहरूले इन्टरनेट उपभोग गर्न सक्नेछन् । १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवाप्रदायकको सेवामा असर पर्न सक्ने भएकाले यो उचाइ कायम गरिएको प्राधिकरणले जनाएकोे ।

२. सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि कति रकम घोषणा गरेको छ ?
 पाँच अर्ब ६ करोड ।
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ चैत १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको प्रतिवेदनमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजाने घोषणा गरिएको ।
– सरकारले गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको घोषणा गरे पनि कोरोना महामारीका कारण यो कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन ।
– मन्त्रालयका अनुसार ४ हजार २५० सामुदायिक विद्यालयले ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म पाउन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको ।

३. राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?
 देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने
– नेपालमा पहिलोपटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गरिने भएको । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना गर्न लागिएको ।
– यसले अपराधमा संलग्न व्यक्तिको सूचना आदान–प्रदानमा सहजता हुुने विश्वास गरिएको ।
– प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिको समेत एकीकृत तथ्याङ्क राखिनेछ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानका क्रममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको ।

४. २०७७ चैत २० को मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?
 लक्ष्मण हुमागार्इं ।

५. बैतडीको सिगासमा पत्ता लागेको फलामखानीबाट फलाम उत्खननको कार्य कहिलेदेखि सुरु गरियो ?
 विसं २०७७ चैत ८ ।

६. विश्व बैङ्कले दक्षिण एसियाको अर्थतन्त्रबारे २०७७ चैत १८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
 २.७ प्रतिशत ।
– आफ्नो अघिल्लो प्रक्षेपणलाई संशोधन गर्दै विश्व बैङ्कले आव २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रातशत पुग्ने जनाएको ।
– यसअघि जनवरीमा बैङ्कले वृद्धिदर केवल २.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले गत आवमा भने नेपालको वृद्धिदर १.९ प्रतिशतले ऋणात्मक हुन पुगेको उल्लेख गरेको ।
– प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रहरूमध्ये आव २०२१÷२२ मा भारतको आर्थिक वृद्धिदर उच्च (१० प्रतिशत) रहने अनुमान गरिएको,
– समग्र दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा माइनस ५.४ रहेको उल्लेख गर्दै यस क्षेत्रको सन् २०२१ मा भने ७.२ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण रहेको ।

७. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
 ३ (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता र मकवानपुरको मयुरधाप)
– आयोगको २०७७ चैत ९ को बैठकले ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।
– यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका छन् ।
– आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड–२०७७ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको ।
– ५० करोड रुपियाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मादण्डमा
उल्लेख रहेको ।

८. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने संवैधानिक निकाय कुन हो ?
 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ।

९. कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्ने उद्देश्यले गाउँपालिकामा गठित न्यायिक समितिको संयोजक को हुने व्यवस्था छ ?
 गाउँपालिकाको उपाध्यक्ष (नगरपालिकामा उपप्रमुख
संयोजक रहने ।)

१०. इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा सार्वजनिक ग्लोबल टेरोरिजम इन्डेक्स–२०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 २७औँ ।

११. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडलाई पहिले के नामले चिनिन्थ्यो ?
 नेपाल ग्रिन्डलेज बैङ्क लिमिटेड ।

१२. युएनओ बडापत्रमा कति धारा रहेका छन् ?
 १११ ।

१३. पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने राजा को हुनुहुन्थ्यो ?
 यक्ष मल्ल ।

१४. तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुनुहुन्थ्यो ?
 रत्न मल्ल ।

१५. भेल्भेट क्रान्ति कुन देशसँग सम्बन्धित छ ?
 चेकोस्लोभाकिया (सन् १९८९) ।
– (त्यस्तै, ओरेन्ज क्रान्ति ः युक्रेन, लोटस क्रान्ति ः इजिप्ट, बुल्डोजर क्रान्ति ः सर्बिया, पिङ्क रिभोलुसन ः किर्गिस्तानसँग सम्बन्धित रहेका ।)

१६. गोल्डमाइन भनी केलाई चिनिन्छ ?
 मुनाफायुक्त उद्योग ।

१७. अरब लिगको मुख्यालय इजिप्टको कायरोमा रहेको छ भने अफ्रिकी एकता सङ्गठन (ओएयु)को मुख्यालय कहाँ रहेको छ ?
 आदिसअवावा (इथियोपिया) ।

१८. बिट्क्वाइनको सुरुवात कहिले र कुन देशबाट भएको हो ?
 सन् २००९ जनवरी, जापान ।
– बिट्क्वाइन एकप्रकारको भर्चुअल मुद्रा हो, यो कुनै क्वाइन अर्थात् नोट होइन ।
– यसलाई अनलाइन करेन्सी तथा क्रिप्टोकरेन्सी पनि भनिन्छ ।
– ओपनसोर्स सफ्टवेयरमा आधारित यो अभौतिक मुद्रालाई वास्तविक मुद्रा भुक्तानी गरी किन्नुपर्ने हुन्छ ।
– इन्टरनेटबाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिट्क्वाइनलाई
राख्ने गरिन्छ ।
– अनलाइन कारोबार गरिने यसको प्रयोग अनलाइन सपिङ, विनाबैङ्क लेनदेन गर्न तथा गैरकानुनी ट्रान्जेक्सन
आदिमा हुन्छ ।

१९. बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा औपचारिक रूपमा सुरुवात कहिले गरियो ?
 विसं २०७७ चैत २० ।
– काठमाडौँमा वितरण भएको ६ दिनपछि मेलम्ची खानेपानीको औपचारिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भृकुटीमण्डपको ढुङ्गेधारामा मेलम्चीको पानी धारा खोलेर उद्घाटन गरिएको ।
– मेलम्चीको पानी आएपछि उपत्यकाको जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणका साथै जमिनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको ।

२०. वैदेशिक ऋण लिने वा नलिनेसम्बन्धमा ग्रीसमा जनमतसङ्ग्रह कहिले भएको थियो ?
 सन् २०१५ जुन ५ ।
– त्यस्तै, ईयूमा रहने वा अलग हुने भन्ने विषयमा बेलायतमा सन् २०१६ जुन २३ मा जनमतसङ्ग्रह भएको ।
– संवैधानिक सुधारका विषयमा इटालीमा सन् २०१६ डिसेम्बर ४ मा जनमतसङ्ग्रह भएको । टर्कीमा राष्ट्रपतिको अधिकारका सम्बन्धमा सन् २०१७ अप्रिल १६ मा जनमतसङ्ग्रह भएको ।

२१. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?
 कार्ल–विलहेल्म सीले (सन् १७७४) ।
– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)

२२. नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको उद्घाटन कहिले गरिएको हो ?
 विसं २०७६ जेठ १५ ।

२३. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
 १६ वर्ष ।

२४. अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको हो ?
 विसं २०७५ वैशाख २४ ।

२५. सबैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
 रूस ।
– (भिटो प्रयोग गर्नेमा दोस्रो अमेरिका र तेस्रो बेलायत रहेका ।)

२६. नेपालमा पहिलो निर्वाचन दिवस कहिले मनाइयो ?
 विसं २०७४ फागुन ७ ।

२७. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
 काठमाडौँ ।
– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदीकिनारमा रहेको ।)

२८. सङ्कटमा परेका विभिन्न प्रजातिका जीवजन्तुको सूची कसले प्रकाशित गर्छ ?
 आईयूसीएन ।

२९. स्क्रब टाइफस रोग पहिलोपटक कहिले र कुन देशमा पहिचान भएको हो ?
 सन् १९३०, जापान ।
– (नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा पहिचान भएको ।)
प्रस्तुतकर्ता : टंक के.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?