logo
२०८० चैत्र १६ शुक्रवार



बार्टी र कोलिन्स फाइनलमा

खेलकुद |


बार्टी र कोलिन्स फाइनलमा


काठमाडौँ, माघ १३ गते । विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टी र अमेरिकी खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गर्नुभएको छ ।

मेलवर्नमा बिहीबार भएको खेलमा बार्टीले अमेरिकाकी खेलाडी म्याडिसन केयसलाई ६–१, ६–३ को सोझो सेटमा हराउनुभयो । बार्टी सन् १९८० पछि अष्ट्रेलियन ओपनको एकलतर्फ फाइनलमा स्थान बनाउने पहिलो घरेलु खेलाडी पनि बन्नुभएको छ ।

अर्को खेलमा कोलिन्सले पोल्याण्डकी इगा स्वेटेकलाई सोझो सेटमा हराउँदै फाइनलमा पुग्नुभएको हो । कोलिन्सले स्वेटेकमाथि ६–४, ६–१ को जित निकाल्नुभयो । कोलिन्स पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुग्नुभएको हो । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?