logo
२०८० चैत्र १६ शुक्रवार



लुटपाट र प्रहरीमाथि आक्रमण गर्ने पाँच पक्राउ

खुला |


लुटपाट र प्रहरीमाथि आक्रमण गर्ने पाँच पक्राउ
तस्विर-फाइल


धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ ५ गते । सर्वसाधारणलाई लुटपाट गरी प्रहरीउपर आक्रमण गरेको आरोपमा धनुषा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने २३ वर्षीय चन्द्रदेव यादब, सोही स्थानका २७ वर्षीय जिबन ठाकुर, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रविदास रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।

जिल्लाको बटेश्वर गाउँपालिका ४ राम्रोचोक स्थित हिजो मंगलबार साँझ भारतबाट काम गरी घरतर्फ आइरहेको महोत्तरी भंगाहा नगरपालिका ७ गोराना बस्ने अमितकुमार पासवानलाई नियन्त्रणमा लिएर जिवन ठाकुर, चन्द्रदेव यादवलगायत चार÷पाँच जना मिलेर पासवानको साथमा भएको भारतीय रकम ४५ हजार, स्क्रिन टच मोबाइल एक थान लुटपाट गरेको थियो । सो लुटपाटको खबरपछि तत्काल प्रहरी चौकी बटेश्वरबाट प्रहरी सहायक निरीक्षक मनोज पोख्रेलको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा पक्राउ परेकाहरुले बाँसको भाटाले प्रहरीमाथि आक्रमण गरेको थियो ।

प्रहरीमाथि बाँसको भाटाले आक्रमण गर्दा प्रसनि मनोज पोख्रेलको टाउकोमा गम्भीर चोट लागेको उनको टाउँकोमा आठ वटा टाका लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार पछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा फिर्ता भएको प्रनाउ रायले बताउनुभयो ।

त्यसपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको थप प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?