logo
२०८० चैत्र १५ बिहीवार



बेलायतमा बढ्यो संक्रमण, एकै दिन ५१ हजार संक्रमित

अन्तर्राष्ट्रिय |


बेलायतमा बढ्यो संक्रमण, एकै दिन ५१ हजार संक्रमित


लण्डन, मङ्सिर २३ गते । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजारभन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ता यहाँ सङ्क्रमित केही घटेका थिए तर बुधबार भने यहाँ यति धेरै संक्रमित देखिएका बताइएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ । बेलायतमा सोमबार मात्र १६१ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन ।

तर पनि पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?