logo
२०८१ बैशाख १३ बिहीवार



जीप दुर्घटना हुँदा दुई विद्यार्थी र एक शिक्षककाे मृत्यु

खुला |


जीप दुर्घटना हुँदा दुई विद्यार्थी र एक शिक्षककाे मृत्यु


बेलिना थापा
लमजुङ, मङ्सिर २३ गते । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् ।
मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताउनुभयो । प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको मृत्यु भएको छ । उनीहरु गणेश माविमा अध्ययनरत विद्यार्थी हुन् ।

यस्तै, कपिलवस्तु घर भएका शिक्षक कमल रानाको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार उनीहरुको शव जिपले च्यापिएको अवस्था थियो । अहिले निकालिसकिएको छ ।
प्रहरीका अनुसार अन्य दुईजना गम्भीर घाइते भएका छन् । चालक र एक छात्रा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकी चितवन मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । छ जना मध्यम घाइते छन् । उनीहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । एक जना भने सामान्य घाइते भएकाले घर फर्किएको बुझिएको छ । उक्त जीपमा चालकसहित १२ जना सवार थिए ।
घाइतेलाई स्थानीय, प्रहरीले उद्दार गरेको भुस्मेका होमराज तामाङले बताउनुभयो । उहाँका अनुसार घुम्तीमा जीप दुर्घटना भएको हो । उद्दारमा खटिएका युवा बिजय तामाङले केही समयपछि घाइतेहरुलाई अस्पताल पु¥याउन सफल भएको बताउनुभयो । दुर्घटना स्थल अप्ठ्यारा भएकाले उद्दारमा कठिनाई भएको बताउनुभयो । घुम्ती मोड नपुग्ने भएकाले ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?