logo
२०८० चैत्र १५ बिहीवार



गल्फ टुरको तेस्रो दिन रवी अगाडि

खेलकुद |


गल्फ टुरको तेस्रो दिन रवी अगाडि


काठमाडौँ, मङ्सिर २१ गते । सूर्य नेपाल काठमाडौँ ओपन गल्फको तेस्रो दिन रवी खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिातमा बुधबार रवीले दुई अन्डर ६६ खेल्दै एकल अग्रता बनाउनु भएको हो ।

रवीको कूल सात अन्डर एक सय ९७ स्कोर छ । दिनेश प्रजापती दोस्रो स्थानमा उक्लिनुभएको छ । बुधबार तीन अन्डर ६५ खेल्नुभएका दिनेशको कुल पाँच अन्डर एक सय ९९ स्कोर छ ।

यसअघि शीर्षस्थानमा रहनुभएका भुवन नगरकोटी र जयराम श्रेष्ठको पनि समान एक सय ९९ स्कोर छ । तेस्रो दिन जयरामले एक अन्डर ६७ र भुवनले एक ओभर ६९ खेल्नुभयो ।

एमेच्योरतर्फ सुवास तामाङको अग्रता कायम छ । तेस्रो दिन दुई ओभर ७० खेल्नुभएको सुवासको कूल दुई अन्डर २०२ स्कोर छ । दोस्रो स्थनमा रहनुभएका निश्चयजंग रायमाझीको कूल १३ ओभर दुई सय १७ स्कोर छ । बिहीबार १८ होलको खेलसँगै विजेताको टुंगो लाग्नेछ ।

कूल ६ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी रहेको विजेताले एक लाख १० हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा एमेच्योर तर्फको विजेतालाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?