logo
२०८१ बैशाख ८ शनिवार



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभयो राजीनामा

मुख्य समाचार |
राजनीति |


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभयो राजीनामा


काठमाडौं, कात्तिक १० गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिनुभएको हो । 

बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिनुभएको हो । मुख्यमन्त्री प्रदेशमा भदौ २ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?