logo
२०८० चैत्र १६ शुक्रवार



मनास्लुकाे चुचुरोसम्मै डाेरी टाँगियाे, पाँचसय आरोही शिखरमा पुग्ने तयारीमा

पर्यटन |


मनास्लुकाे चुचुरोसम्मै डाेरी टाँगियाे, पाँचसय आरोही शिखरमा पुग्ने तयारीमा


काठमाडौं, असोज ८ गते । यस महिना मनास्लु हिमाल आरोहणका लागि बाटो तयारी भएको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी सम्पन्न गरेको छ ।
आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा शेर्पाका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासी शेर्पाले बाटो निर्माण सम्पन्न गरी आधारशिविर फर्केको जानकारी दिनुभयो ।

यो महिना मनास्लु आरोहणका लागि १७१ जना विदेशी आरोही भएकाले आरोहण व्यवस्थापन गरी चाँडै आरोहण सम्पन्न गर्ने लक्ष्यका साथ बाटो निर्माण चाँडै गरि आरोहण शुरु गरेको उहाँले बताउनुभयो । आरोही सहित गाइड र अन्य सहयोग गरी मनास्लु हिमालमा यो महिना करिव पाँच सय भन्दा बढी चुचुरोमा पुग्ने शेर्पाले जानकारी दिनुभयो ।

मनास्लु हिमालसँगै यो महिना पाँच वटा हिमाल आरोहणका लागि अनुमती लिएका छन् । जसमा मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना, मरियाङ हिमाल आरोहणका लागि आठ जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना, कञ्चनजङ्घा हिमाल आरोहणका लागि तीन जना , कुम्भकर्ण हिमाल आरोहणका लागि पाँच जना र पुथा हिमचुली आरोहणका लागि तीनजना गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको विभागको तथ्याङक छ । विभागले हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
यो अघिल्लो वर्षको तुलनामा बढी रहेको पर्यटन विभागको तथ्याङक छ । जोखिम आरोहणमध्येमा पर्ने मनास्लु हिमाल आरोहण गरी कीर्तिमान कायम गर्न २० बढी देशका आरोहीहरु आरोहणको तयारीमा रहेको आरोहण आयोजक कम्पनीहरुले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?