logo
२०८१ बैशाख ६ बिहीवार

  दशैं आयाे  



उपत्यकामा ६० हजार खसीबोका ल्याइँदै, काेभिडले च्याङग्रा ल्याउन समस्या

अर्थ |


उपत्यकामा ६० हजार खसीबोका ल्याइँदै,  काेभिडले च्याङग्रा ल्याउन समस्या


काठमाडौं, असोज ८ गते । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ । उपत्यकामा खपत हुने मासुको खपतको आँकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्राउने तयारी थालेको हो ।
अन्य वर्षसँग तुलना गरेर सरकारले दशैंमा काठमाडौं उपत्यकामा राँगा, बंगुर र कुखुरा बाहेकनै ५० देखि ६० हजार खसीबोका खपत हुने भएकाले सोही सङ्ख्यामा खसीबोका भित्राउने तयारी थालेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

खाद्यले दुई हजार खसीबोका भित्र्याउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने भएकाे छ  । कम्पनीले दाङ र हेटौंडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायब महादिर्नेशक श्रीमणि खनालले जानकारी दिनुभयो ।
एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जनाकारी दिनुभयो । ल्याइएका खसीबोकालाई भने घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपियाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।
पशुसेवा विभागका प्रवक्ता ढकालका अनुसार खसीबोका ल्याउन नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ, चौपाया खरिद बिक्री सेवा सङ्घ, बाख्रापालन महिला सहकारी लगायतका संस्थासँग खसीबोका ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?