logo
२०८० चैत्र १५ बिहीवार



कमजोर बन्दै मनसुन, बाहिरिन १४ दिन बाँकी, भारी वर्षा हुँदैन

खुला |


कमजोर बन्दै मनसुन, बाहिरिन १४ दिन बाँकी, भारी वर्षा हुँदैन


काठमाडौं, असोज २ गते । शनिबारदेखि मनसुन निस्क्रीय बन्दै गएको छ । मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएपनि आउने चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो ।

मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै १४ दिन बाँकी रहेको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेको छ । अन्यवर्षहरुमा सेक्टेम्वर २३ मा मनसुन वाहिरीने समय मान्दै आए पनि यस वर्ष देखि नौ दिन पछि धकेलेर अक्टोवर २ मा मात्र मनसुनी प्रणाली वाहिरिने औसत समय तोेकेको छ । जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?