logo
२०८० चैत्र १५ बिहीवार



प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

राष्ट्रिय |


प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन


रुपन्देही, भदौ ३१ गते । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?