logo
२०८० चैत्र १५ बिहीवार



ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सातको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सातको मृत्यु
तस्विर-ओमकम न्यूज


साओ पाओलो, भदौ ३० गते। ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ ।
सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?